सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

आयुष्मान पनि सय करोड क्लबमा

एजेन्सी
2 weeks ago
05/11/2018

मुम्बई ।  बलिउडमा सय करोड रुपैयाँको व्यापार गर्ने अभिनेताको सूचीमा यतिबेला अर्का अभिनेता आयुष्मान खुराना पनि

परेका छन् ।

फिल्म बधाई होबाट उनी सय करोड क्बलमा प्रवेश भएका हुन् । उनको मुख्य भूमिका रहेको यो फिल्म दसैंको अवसर पारेर रिलिज गरिएको थियो । करिब २० करोडमा निर्माण भएको यो फिल्मले लगानीको ५ सय प्रतिशत अर्थात् सय करोड रुपैयाँको व्यापार भारतमा मात्र गरेको छ । रिलिज भएको दोस्रो सातामा यो फिल्मले सय करोडभन्दा केही बढीको व्यापार गरेको हो ।

गायनबाट अभिनयमा आएका आयुष्मानले यो सफलताले आफूलाई फिल्मी क्षेत्रमा अझै राम्रो काम गर्दै धेरै हिट फिल्म दिन प्रेरित गरेको बताएका छन् । यसमा आयुष्मानकी नायिकाका रूपमा सान्य मल्होत्रा रहेकी छन् ।

यसअघि यी अभिनेताको बलेरीकी बर्फी र शुभ मंगल सावधान फिल्म पनि हिट भएको थियो । आफ्नो चौथो बधाई हो ले बक्स अफिसमा सय करोडभन्दा बढीको व्यापार गरेकोमा आयुष्मानले खुसी व्यक्त गरेका छन् ।