सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

जमुनाले ल्याईन दीयो बाली साँझको रिमेक

राजधानी समाचारदाता
2 weeks ago
06/11/2018

 

काठमाडौं। हरेक तिहारमा बज्ने चलचित्र चिनोको गीत ‘दीयो बाली साँझको…’ लाई गायिक जमुना शर्माले पुन रेकर्ड गरेर रिमेकको रुपमा ल्याएकी छिन् । भारतीय गायिका आशा भोसलेले २८ वर्षअघि गाएको यो तिहारको यो गित नेपाली जनमानसमा परिचित छ ।

चलचित्र चिनोमा यो गितको रचना तुलसी घिमिरे र संगीत रञ्जित गजमेरले गरेका हुन् । हाल रिमेक गरिएको यो गीतलाई गायिका शर्माका श्रीमान प्रमोद तिमिल्सिनाले पुन सगीत दिएका छन । लामो समय देखि भारतको मुम्बईमा बस्दै आएकी गायिका शर्माले संगीतकार रन्जित गजमेरको अनुमतीमा यस पटकको तिहारको कोशेली स्वरुप यो गीतलाई रिमेक गरेर ल्याएको बताईन् ।

भारतीय गायक कैलाश खेरको मुम्बईमा रहेको कैलाशा स्टुडियोमा सो गित रेकर्ड गरिएको गायिका शर्माले जानकारी दिइन । गीतको भिडियो छायांकन मुम्बई र नेपालमा गरिएको थियो । भिडियोमा दिपावली गरिएको दृश्यमा पनौतीको उग्रचण्डी बोर्डिङ स्कुलका छात्राहरूको अभिनय छ ।

बाराको पथलैयाका स्थायी बासिन्दा जमुना र उनका श्रीमान प्रमोद विगत एक दशकदेखि मुम्बईमा सांगीतिक क्षेत्रमा क्रियासिल छन ।