सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

निखिल अब भिलेन

राजधानी समाचारदाता
2 weeks ago
06/11/2018

 

काठमाडौं । नायकको रुपमा फिल्ममा अभिनय गर्दै आएका अभिनेता निखिल उप्रेतीलाई चलचित्रमा खलनायकको रुपमा देख्न पाईने भएको छ । चलचित्र ‘भिलेन’मा उनी खल चरित्रमा देखिँदैछन् ।

यो चलचित्रलाई निर्माण पक्षले २९ पौषमा देशव्यापी रिलिज गर्दैछ । माघे सक्रान्तिलाई लक्षित गरेर यो रिलिज गर्न लागिएको निर्माण पक्षले जनाएको छ ।

सोमबार यसको फस्ट लुक्सको रुपमा दुई ओटा पोष्टर रिलिज गर्दै निर्माण पक्षले प्रदर्शन मिति तोकेको हो । जसमा निखिललाई मात्र स्थान दिईएको छ ।

निखिल उप्रेतीसँगै यो चलचित्रमा शिल्पा पोख्रेल, निशा अधिकार,  कपिल खत्रीलगायतको अभिनय रहेको छ । यो चलचित्रलाई देबेन्द्र पाण्डेले निर्देशन गरेका हुन् ।

यो फिल्ममा मौनता श्रेष्ठको लेखन, सौरभ लामा,मदन कस्यप घिमिरेको छायांकन, मिलन श्रेष्ठ शाहिल खानको सम्पादन,बसन्त सापकोटा, बाबु गिरी, लालकुमार बरालको संगीत रहेको पनि निर्देशक पाण्डेले जानकारी गराए । जसमा कपिल खत्री, बलबहादुर श्रेष्ठ सितल, दिपक श्रेष्ठ, सुरज खड्का र मधु केसीको लगानी छ ।