सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

ओलम्पियन लामाको प्रतिमा स्थापना गरिने

राजधानी समाचारदाता
2 weeks ago
06/11/2018

 

काठमाडौं।  ओलम्पियन एवं तेक्वान्दो खेलाडी विधान लामाको प्रतिमा स्थापना गरिने भएको छ । रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा ओलम्पियन लामाको आगामी ६ महिनाभित्र मूर्ति स्थापना गरिने जानकारी गराइयो ।

 

नेपाल तामाङ घेदुङ संघले लामाको मूर्ति निर्माणका लागि समिति बनाएर कार्य योजना छिट्टै तयार गर्ने जनाएको छ । समितिका संयोजक डिएन घिसिङ तीन दशकअगाडि नेपालको नाम र इज्जत विश्वभर फैलाउन सफल लामाको प्रतिमा स्थापना गर्न लागिएको बताए । लामाको मूर्ति काठमाडौं महानगरपालिका–२६ लैनचौरस्थित उनकै जन्मथलोमा बनाइनेछ ।

लामाले सन् १९८४ देखि १९९० सम्म राष्ट्रिय टिमबाट तेक्वान्दो खेलेका थिए । उनले सन् १९८६ मा पहिलोपटक १०औं एसियाली खेलमा नेपालको तर्फबाट कांस्य पदक जिते । सन् १९८७ मा स्पेनमा भएको ८औं विश्व तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जिते । । लामाले सन् १९८८ को आठौं एसियन च्याम्पियनसिपमा रजत पदक जितेका थिए ।

दक्षिण कोरियाको सोलमा सम्पन्न २४औं ग्रीष्मकालीन ओलम्पिक खेलमा लामाले कांस्य पदक जितेका थिए । उनले आफूलाई साधारण खेलाडीका रूपमा मात्रै लिन आग्रह गरे ।