सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

याक अट्याक सुरु

राजधानी समाचारदाता
2 weeks ago
06/11/2018

 

लमजुङ । याक अट्याक माउन्टेन बाइक प्रतियोगिता सुरु भएको छ । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार रहेको लमजुङ जिल्लाको बेंसीसहरबाट १२औं संस्कार याक अट्याक अर्थात् साइकल रेस प्रतियोगिता सोमबारबाट सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन बेंसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले गरे । प्रतियोगितामा बाजागाजा बजाउने उनीहरूको हौसला बढाउँदै प्रतियोगिता सुरु गरियो । बेलायतस्थित माउन्टेन बाइकिङ वल्र्ड वाइडको आयोजना तथा नेपालस्थित माउन्टेन बाइकको व्यवस्थापनमा ‘याक अट्याक’ साइकल रेस प्रतियोगिता ९ दिनसम्म चल्ने भएको छ । बेंसीसहरबाट सुरु भएको यस प्रतियोगिता सोमबार तालसम्म पुग्नेछन् भने, तालबाट मनाङसम्म, थ्रोङदफेदी, कागबेनी हुँदै कालोपानी मुस्ताङमा पुगेर यस प्रतियोगिता टुंगिने आयोजकले जनाएको छ । प्रतियोगिताको क्रममा उनीहरूले संसारकै सबैभन्दा अग्लो हिमाली भन्ज्याङ थोराङला (५,४१६ मि.) उचाइ पार गर्नेछन् ।

यस प्रतियोगितामा नेपालका १ जना महिला र ७ जना पुरुषसहित क्यानडा, फ्रान्स, अस्टेलियन, अमेरिकालगायतका ११ देशबाट ३३ जनाले भाग लिएका छन् । जम्मा ४ जना महिला र २९ जना पुरुष रहेका छन् । नेपालको व्यवस्थापक अजय पण्डित क्षत्रीले भने, याक अट्याक प्रतियोगिता हरेक वर्ष सञ्चालन गर्दै आएको र यस प्रतियोगिताले खेलाडीको मनोबल बढाउँदै उनीहरूलाई यस प्रतियोगितामा भाग लिने अवसर भएको बताए ।