सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

चितवनलाई हराउँदै पोखराले जित्यो पीपीएल उपाधि

राजधानी समाचारदाता
2 weeks ago
06/11/2018

पोखरा । पोखरा प्रिमियर लिग पीपीएल टी–२० क्रिकेटको उपाधिको पोखरा पल्टनले जितेको छ ।
राष्ट्रिय टोलीका कप्तान समेत रहेका पारस खड्काको टोलीलाई ३ विकेटले पराजित गरी शरद भेषवाकरको टोली पोखराले उपाधि जितेको हो ।
पोखराले १६१ रनको लक्ष्य १९ दशमलब २ ओभरमा ७ विकेटको क्षतिमा पूरा ग-यो ।
पोखराको जितमा रभिन्द्रर सिंह नायक बने । सिंहले सवार्धिक ९० रन बनाए । कप्तान भेषवाकरले २२ रन बनाए । मोहम्मद नाभिद २५, आशिफ शेख १२ कुशल भुर्तेल ४ र कृष्ण कार्की शून्य रनमा आउट भए ।

चितवनका भुवन कार्कीले २, पारस खड्का, करण केसी र सन्नी पटेलले एक एक विकेट लिए ।