सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

जनकपुरमा मध्यरातसम्म पटाका पड्किन्छ , प्रहरी भन्छन् ‘नियन्त्रण गर्दै छौं’

सुजीतकुमार झा
2 weeks ago
06/11/2018

 जनकपुरधाम । जनकपुर बजारमा खुल्ला रुपमा पटाकाको बिक्री भइरहेको छ । प्रहरीको निगरानीको अभावमा जनकपुरको दर्जनौँ स्थानमा पटाकाको स्टल लगाइएको छ । यसपाली जनकपुर बजारमा ४ करोड भन्दा बढीको पटाका आयात गरिएको छ ।

स्थानीय व्यापारीहरुका अनुसार प्रहरीले पटाका बेच्दा जनकपुरमा केही नगरेकाले नै खुल्ला स्टल लगाएका छन । प्रत्येक बर्ष जनकपुरमा खपत हुने पटाकाहरु साउन महिनामानै आइहाल्ने गथ्र्यो । यसपाली पनि साउन महिनामा बोलबमको गाडीमा आएको बताईको छ । तर, धेरै परिणामको पटाका यहि हप्ता आएको स्थानीयवासीहरु बताउँछन ।

एक महिनादेखि दूई दर्जनभन्दा बढी बलेकियाहरु पटाका ल्याउनमै लागेका थिए । जुनरुपमा बजारमा पटाका आएको छ त्यो रुपले बिक्री नभएको गुनासो केही व्यापारीहरुले गरेका छन । एभरेष्ट पेपर मिलको जनकपुर स्थित कार्यालय नजिक स्टल लगाएका एकजना व्यापारीका अनुसार एक सातामा मात्रै १० हजारको पटाका बिक्री गरेका छन । जबकि गत वर्षमा चोरेर बेच्दा पनि एउटा व्यापारीले एक सातामा मात्रै दूई लाख तीन लाख सम्मको व्यापार गर्ने गर्थे ।

धेरै उपभोक्ताहरुले सीमाक्षेत्रबाट पटाका ल्याएका कारण बिक्री घटेको व्यवसायीहरु बताउँछन । एकातर्फ जनकपुर बजारमा अत्याधिक पटाका भित्रिएको छ भने अर्कोतर्फ एक साता पहिला देखिनै पटाका पड्काउन सुरु भएको छ । अहिले जनकपुरमा मध्यरातसम्म पटाका पड्रकेकाे सुनिन्छ । स्थानियहरू प्रहरीले पटका पड्काउनेलार्इ कार्वाही नगरेकाे गुनासाे गर्छन् । धनुषाका प्रहरी नायव उपरीक्षक दिपेन्द्र शाहीले पटाका नियन्त्रण गर्न विशेष अभियान चलाइएको बताए ।