सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

प्रताप दास मिलन अमात्यको देउसी गीत

राजधानी समाचारदाता
2 weeks ago
06/11/2018

काठमाडौं । गीतकार दुर्गा खनाल घिमिरेकोे तिहार सम्बन्धी नयाँ गीत तथा म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ । नेपालीहरुको महान पर्व दिपावलीको पूर्व सन्ध्यामा सार्वजनिक देउसी गितमा शब्द दुर्गा खनाल घिमिरेको रहेको छ ।

हेम लामाको संगीतमा प्रताप दास र मिलन नेवार आमात्य को स्वर दिएका छन । म्युजिक भिडियोको निर्देशन दीपकराज घिमिरे गरेका छन् । शंकर वि सी नृत्य निर्देशक रहेको भिडियोमा शंकर वि सी र जानुका कडेल अभिनय रहेको छ र भने बाल कलाकार दिरोन घिमिरे र दृष्टि घिमिरे छन । अमेरिकाको न्युयोर्कमा छायाँकन गरिएको देउसी गीतको म्युजिक भिडियोमा बिदेशमा काम गर्दा नेपालीहरुले घरमा महानपर्वमा पनि उपस्थीत हुन नसक्दाको पिडालाई समेटिएको छ ।

नेपालहरु बिश्वको जुनसुकै कुनामा रहेको भएपनि नेपाली संस्कृतिलाई जोगाउन र त्यसको संरक्षणमा लागेकाको प्रयास स्वरुपनै यो देउसी गीत बजारमा आएको हो । डी फोर क्रियशनले बजारमा ल्याउन लागेको म्युजिक भिडियोमा बिक्की पुलामी शंकर वि.सी को समेत अभिनय हेर्न सकिन्छ ।