सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

गच्छदार उपसभापति मनोनित

राजधानी समाचारदाता
2 weeks ago
06/11/2018

 काठमाडौ । नेपाली कांग्रेसको केन्द्रिय समिति वैठकले बिजयकुमार गच्छदारलाई उपसभापति मनोनित गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको प्रस्तावमा सहभागीले समर्थन जनाएका थिए ।

पार्टीको महासमिति बैठक आउदो २८ मंसिरदेखि ३ पुससम्म हुने भएको छ । साथै बैठकले फोरम–नेपाली कांग्रेस पार्टी एकीकरण गरेको लोकतान्त्रिक अन्य नेता एवं भातृ संस्थाको नेतालाई समायोजन गर्न उपसभापति विमलेन्द्र निधिको संयोकत्वमा पाँच सदस्यीय समिति गठन भएको छ ।

पार्टी एकता हुँदा गच्छदारसंग भएको सहमति अनुसार उपसभापति मनोनित भएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । ‘यो प्रकृया अहिलेको मुलुकको आवश्यकता पनि हो ।’ लेखकले भने