सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

अनुसन्धानको सफलता तथ्यमा

श्रीप्रसाद प्रसाई
2 weeks ago
07/11/2018

अनुसन्धानको सफलता तथ्यमा


श्रीप्रसाद प्रसाई

संवेदनशील अपराधकै पछिल्ला केही प्रहरी अनुसन्धान चुनौतीपूर्ण हुने गरका छन् । अनुसन्धान कार्य अन्योल र चुनौतीपूर्ण बन्नुको कारक तŒव घटनाको प्रारम्भिक चरणमा गरिने घटनास्थलको जाँच नै त्रुटिपूर्ण हुनु हो भन्ने कुरा पनि सर्वसाधारणमा अनुभूति हुन थालेको छ । नागरिक समाजमा आएको यही चेतनाको स्तर वृद्धिले सही अनुसन्धानको ट्याग पहिल्याई प्रहरीलाई अपराधीसम्म पु¥याउन बाध्य बनाउँछ । गम्भीर प्रकृतिका अपराध मात्र होइन, सामान्य प्रकृतिका आपराधिक घटना हुँदा पनि त्यस्तो घटना को कसबाट, के कुन उद्देश्यले, कसरी हुन पुग्यो भन्ने जिज्ञासा घटना देख्ने, सुन्ने र थाहा पाउने सबैमा उत्पन्न हुनुपर्दछ । अपराधका बारेमा सर्वसाधारणमा उत्पन्न हुने यस्ता चासोले एकातिर प्रहरीलाई खबरदारी गराउँछ भने अर्कोतिर समाजलाई अपराधविरुद्ध एकजुट बन्न अभिप्रेरित गराउँछ । यो सकारात्मक एवं आवश्यकीय कार्य नै हो ।

कतिपय गम्भीर प्रकृतिका आपराधिक घटनाका कसुरदारहरू १०÷१२ वर्षपछि पक्राउमा परेका दृष्टान्त हाम्रोमा पर्याप्त छन् । यति मात्र होइन घटना भएको २०÷२५ वर्षपछि पनि अपराधी फेला परेको दृष्टान्त हामीसँग नभएको होइन । अनुसन्धानको जग मजबुद भएका घटनामा प्रहरी निरन्तर चनाखो रहँदै गए कसुरदार जीवित रहेसम्म पक्राउ पर्न सक्छ यो अवधि ५०÷६० वर्षपछि पनि हुन सक्छ । यसरी लामो समयपछि अपराधी पक्राउ पर्ने आधार भनेको अनुसन्धानको प्रारम्भिक चरणमा गरिने घटनास्थलको जाँच र सबुत परीक्षण नै हो । यसका लागि घटनास्थलको प्रकृति मुचुल्का र घटनास्थलमा प्राप्त भएका सबै सबुत प्रमाणलाई यथाअवस्थामै लामो समयसम्म सुरक्षित राख्न सकिँदैन । तर, नष्ट हुन सक्ने सबुतको यथाअवस्थाको रूपलाई प्रकृति मुचुल्कामा उतार्ने, प्राप्त गरेकै अवस्थाको तस्बिर खिच्ने तथा तत्कालै प्रयोगशालाका विशेषज्ञद्वारा परीक्षण गराएर त्यसलाई स्थायित्व प्रदान गराउन सकिन्छ ।

घटनाको यथार्थ परिदृश्यमा आधारित प्रकृति मुचुल्का, प्रकृति मुचुल्कालाई पुष्टि गर्ने सबुतको यथाअवस्थाको तस्बिर तथा अनुसन्धान सम्बद्ध यिनै चिज वस्तुलाई प्रमाणित गरिदिने परीक्षण प्रतिवेदन नै कसुरदार जीवित रहेसम्म पक्राउ गर्ने आधार हुन् । यस्ता कागजात सुरक्षित गरी मिसेल तयार पारिएको अवस्थामा फरार रहेका कसुरदारहरूलाई ५०÷६० वर्षपछि पनि पक्राउ गर्न सकिन्छ । तर, पछिल्लो समयमा कञ्चनपुरकी किशोरी निर्मला पन्तको बहुचर्चित बलात्कार र हत्या प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले यस घटनाको कसुरदार १२ वर्षपछि पनि पक्राउ पर्छ भनी टिप्पणी गरेको कुरा सर्वविदितै छ ।
घटना अनुसन्धानको आधार बिन्दु वा जग नै अस्तव्यस्त बनाइएको निर्मला पन्तको घटनाको अनुसन्धान ट्र्याकविहीन भैसकेको अवस्थामा प्रधानमन्त्रीले उल्लेख गरेअनुसारै भविष्यमा अभियुक्त पक्राउ पर्ने सम्भावना अत्यन्त न्यून छ । किनकि, यस घटनाको अनुसन्धानको जग नै क्षतविक्षत बनाइएको छ, अभियुक्तसम्म पुग्ने तथ्ययुक्त आधार नै लोप भइसकेको छ, आशंकाको भरमा उभ्याइने कसुरदार अपराधमा संलग्न हो भन्ने पुष्टि गर्ने आधार नहुँदा केवल कथा र कल्पनाको भरमा अभियुक्तले दण्ड सजाय पाउन सक्दैन । निर्मला पन्त हत्या पकरणको मुद्दा अहिले यस्तै अन्योलपूर्ण अवस्थामा पुगेको छ । यो घटनाको वास्तविक प्रकृति आफैंमा अस्तव्यस्त थिएन, यसलाई अनुसन्धान गर्ने व्यक्तिहरूले नै अस्तव्यस्त अवस्थामा पु¥याइएको हुँदा दिनप्रति दिन अझै रहस्यमय नै बन्दै जानेछ ।

 

घटनास्थलको प्रकृति मुचुल्का र घटनास्थलमा प्राप्त भएका सबै सबुत प्रमाणलाई यथाअवस्थामै लामो समयसम्म सुरक्षित राख्न सकि“दैन । तर, नष्ट हुन सक्ने सबुतको यथाअवस्थाको रूपलाई प्रकृति मुचुल्कामा उतार्ने, प्राप्त गरेकै अवस्थाको तस्बिर खिच्ने तथा तत्कालै प्रयोगशालाका विशेषज्ञद्वारा परीक्षण गराएर त्यसलाई स्थायित्व प्रदान गराउन सकिन्छ

 

 

वास्तवमा २०÷३० वर्षपछि पक्राउ परेका कसुरदार सम्बद्ध मुद्दा र हालै घटेको निर्मला पन्तको बलात्कार र हत्याको प्रारम्भिक चरणमा भएको अनुसन्धानमा के भिन्नता थियो ? भन्ने कुरा पनि सर्वसाधारण सबैमा अवगत हुनुको साथै पुनः भविष्यमा यसै प्रकृतिका अपराधिक घटना भइहालेमा सर्वसाधारण सबैले अपनाउनुपर्ने सावधानीका बारेमा सचेत बन्नुपर्ने हुन्छ । समाज नै जागरुक एवं सचेत बनेको अवस्थामा कसैले पनि घटनाको वास्तविकतालाई तोडमोड गर्न सक्दैन । घटनास्थल प्रकृति भनेको अभियुक्तले सो ठाउँमा प्रवेश गरेदेखि आपराधिक कार्य गर्ने सिलसिलामा गरेका हरेक क्रियाकलापहरूलाई क्रमबद्ध रूपमा देखाउने ऐन हो । कसुरदारले घटनास्थलमा प्रवेश गरेदेखि क्रमशः एकपछि अर्को गरी गरेको हरेक कार्यको झलक घटनास्थलले देखाइरहेको हुन्छ । कार्य गर्ने सिलसिलामा हरेक बिन्दुमा अपराधीलाई चिनाउने निसान वा सबुत घटनास्थलमा पाउन सकिन्छ जसले सम्बन्धित व्यक्ति नै घटनास्थलमा उपस्थित थियो भन्ने कुरा प्रमाणित गर्दछ ।

घटनास्थलमा सबुतले बोलेको मौन भाषा दक्ष अनुसन्धान अधिकृतले सहजै बुझ्न सक्छ । सबुतको अवस्थाले कसुरदारले त्यहाँ कसरी कार्य ग¥यो भन्ने कुरा आफैँ बताइरहेको हुन्छ । घटनास्थलमा प्राप्त सबुतलाई यथाअवस्थामा मुचुल्कामा उतारिएको एवं छायाँ चित्रमा देखाइएको अवस्थामा त्यसैको आधारमा आवश्यक पर्दा पछि जुनसुकै समयमा पनि घटनास्थलको पुनर्निर्माण गरी विवादास्पद कुराका बारेमा निर्णयमा पुग्न सकिन्छ । तर, यी सबै कुरा सही अनुसन्धान गर्ने मानसिकतामा आधारित हुनुपर्छ । अनुसन्धान मानसिकता सही भएसम्म घटनास्थललाई कागजातको अवस्थाले दशकौं वर्षसम्म नै सुरक्षित बनाइदिन्छ । तत्काल संकलन गरिएका यिनै कागजातका आधारले तत्कालै फरार रहेको कसुरदार पनि वर्षौंपछि पक्राउ पर्न सक्छ । हदम्याद नभएका कर्तव्य ज्यान मुद्दामा ५०÷६० वर्षपछि पक्राउ पर्ने कसुरदारलाई कसुर निजले नै गरेको हो भनी मिसेलको अवस्थाले बताउने भएकोले सजिलैसँग कसुर प्रमाणित गर्न सकिन्छ । सही मानसिकतामा उत्थान हुने जुनसुकै मुद्दाका पनि ढिलो चाँडो कसुरदार पक्राउमा पर्ने र दण्ड सजायको भागिदार बनाउन सकिने हुन्छ । तर, यस्ता घटनामा काम बाँकी रहेको वा तामेलीमा राखिएको घटन सम्बद्ध मिसिललाई अनुसन्धान अधिकृतले बराबर अध्ययन एवं फलोअप गरी निरन्तरता दिन आवश्यक छ ।

कतिपय संवेदनशील घटनाका मिसिलहरूलाई थन्क्याएर राख्ने त्यसलाई फलोअप नगर्ने प्रवृत्ति अझै पूर्ण रूपमा अन्त्य भएको छैन । प्रहरीले देखाउने शिथिलपनाले मुद्दालाई पनि शिथिल बनाउँछ भने प्रहरी जागरुक बने अनुसन्धान एवं कसुरदारको खोजी कार्य पनि सधैं ताजा बनिरहन्छ । यस कुरालाई मध्यनजर गरी प्रहरी निरन्तर जागरुक बन्ने हो भने असल नियतले गरिएको मुद्दाको अनुसन्धान अधिकांश सफल बन्छन् । कसुरदार दण्ड सजायबाट उम्कन पाउँदैन । लामो समयपछि अभियुक्त पक्राउ परेका काठमाडौंको रानीबारीमा श्रेष्ठ दम्पतीको हत्याकाण्ड, न्यायाधीश रणबहादुर बमको हत्याकाण्डलगायतका अन्य केही पछिल्ला चर्चित घटनामा अनुसन्धान अधिकृतको असल नियतबाट उत्थान भएका मुद्दाहरू हुन् । जसमा लामो समयपछि पक्राउ परे पनि कसुरदार उम्कन पाएनन् । घटनास्थलमा प्राप्त प्रमाणले कसुरदारलाई बाँधेको कारण दण्ड सजायका भागिदार बने । अनुसन्धानकै क्रममा रहेका अन्य धेरै मुद्दा पनि यस प्रकृतिका छन् । तर, त्यस्ता कसुर सम्बद्ध कसुरदार पत्ता लगाउन, खोजतलास गर्न तथा तथा मुद्दालाई निरन्तरता दिई ताजा बनाउन प्रहरीको तत्परता भने पछिल्लो समयमा शिथिल बन्दै गएको कारण यस्ता मुद्दा त्यसै थन्किएर रहेका छन् ।

 

नेताहरू सधैं मुलुकमा सुशासन र अपराध नियन्त्रण गर्छौं भनी भाषण गर्छन् तर व्यवहारमा अपराधीलाई प्रश्रय दिन र समाजमा अराजकता निम्त्याउन उद्यत देखिन्छन् । सरकारको कामकार्य अनुभूतिजन्य हुनुको सट्टा भाषणमा मात्रै सीमित छ

 

कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्या सम्बद्ध प्रहरी अनुसन्धान, अनुसन्धान अधिकृतको असल नियतमा आधारित थिएन । घटनास्थलमा प्राप्त सबुत प्रमाणको यथाअवस्थालाई चित्रित गरी उत्थान हुनुपर्ने यो घटनाको अनुसन्धान सबुत नष्ट गरी बदनियतपूर्ण ढंगले उत्थान हुन पुग्यो । यही कसुरदारले घटना गराएको हो भनी बोल्ने तथ्यपूर्ण सबुत नै नष्ट पारिएको यो घटना जति समय बित्दै जान्छ, उति नै अन्यौलपूर्ण बन्छ । कसुरदार पहिचानका आधार केही नभएपछि भविष्यमै कसुरदार पक्राउ परे पनि अपराधमा संलग्न हो भनी प्रमाणित गर्ने आधार नहुँदा दण्ड सजायको भागिदार गराउन सकिँदैन । किनकि, कसुरदार पछ्याउने प्रमुख आधारको रूपमा घटनास्थल एवं हत्या गरिएकी निर्मला पन्तले घटना घटेको अवस्थामा लगाएको रातो कलेजी रङको सुरुवाल, रातो रङको भेस्ट, खरानी रङको पेन्टी प्राप्त भएको भए पनि प्रहरीले निर्मलाको सुरुवाल धोएको, सब पखालेको, प्रमाणमा आउने भित्री बस्त्र नै धोएको गुप्तांग र तीघ्रा पखालिएको तथा भित्री बस्त्र नै लोप गरिएको कुरा गृह मन्त्रालयबाटै गठन गरिएको उच्चस्तरीय छानबिन टोलीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको आधारले यस घटनाको अनुसन्धान बदनियतपूर्ण ढंगले गरिएको प्रमाणित भएको छ ।

यस्तो गम्भीर प्रकृतिको अपराधलाई तोडमोड पार्ने जिम्मेवार प्रहरी अधिकृतलाई कारबाही नगरी संरक्षण गर्ने सरकारको नियत अपराध र अपराधीका विरुद्ध छैन भन्ने प्रमाणित हुन्छ । अपराधीप्रति नै सरकार लचिलो हुने पछिल्लो प्रवृत्तिले मुलुकमा हत्या हिंसाका घटनाहरू बढ्दै आएका छन् भन्ने कुरा निर्मला पन्तको बलात्कार र हत्याकाण्डले पुष्टि गर्दछ । यसैले, अपराध र अपारधीविरुद्ध सर्वसाधारण नागरिकहरू स्वयं जागरुक बन्नुपर्ने अवस्था आएको छ । राज्य पक्षबाटै अपराधीलाई संरक्षण गर्ने प्रवृत्तिले नागरिक समाजलाई चुनौती दिँदै छ । आगामी दिनहरूमा समाजमा घट्ने जस्तासुकै आपराधिक घटनामा पनि अनुसन्धानको प्रक्रिया वास्तविकतामा आधारित रही उत्थान गरियो या गरिएन ? यसतर्फ सर्वसाधारण सबैले ध्यान पु¥याउनुपर्दछ । अन्यथा भविष्यमा घट्ने अन्य घटना पनि निर्मला पन्तकै जस्तो अन्योलपूर्ण बन्न सक्छन् ।

भनिन्छ राज्यमा अहिलेसम्मकै सबैभन्दा शक्तिशाली लोकतान्त्रिक सरकार छ तर सरकार भएको अनुभूतिसम्म जनताले पाउन सकेका छैनन् । ऐन कानुनहरू प्रशस्त छन् तर व्यवहारमा लागू नगरी कागजमा मात्र सीमित राखिएका छन् । तीन–तीन तहको सरकार छ तर सरकारले गर्ने कामकारबाहीहरू ठप्प छन् । उल्टै विकास निर्माणमा खर्चनुपर्ने राष्ट्रिय ढिकुटी तीन तहकै नेताको पालन पोषणमा सकिँदै छ । राज्यसंयन्त्र नभएको होइन, छ । तर, यसको काम जनउत्तरदायी छैन । नेताप्रति नै उत्तरदायी छ । नेताहरू सधैं मुलुकमा सुशासन र अपराध नियन्त्रण गर्छांै भनी भाषण गर्दछन् तर व्यवहारमा अपराधीलाई प्रश्रय दिन र समाजमा अराजकता निम्त्याउन उद्यत देखिन्छन् । सरकारको कामकार्य अनुभूतिजन्य हुनुको सट्टा भाषणमा मात्रै सीमित छ । समष्टिगत रूपमा मुलुकमा लोकतन्त्र होइन लुटतन्त्र मौलाउँदै छ । यसैले, यस्ता सबैखाले आपराधिक प्रवृत्ति एवं विकृति रोक्न अब जनता नै जागरुक बन्नु आवश्यक छ ।