सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

स्वास्थ्यमैत्री तिहार

2 weeks ago
07/11/2018

स्वास्थ्यमैत्री तिहार


डा. प्रकाश बुढाथोकी

 

समाजलाई पनि चाडबाडले प्रभाव पार्छ नै । तर, नेपालीलाई भने अलि बढी नै प्रभाव पार्ने गर्छ । समाजले केही हप्ता पहिलेदेखि र थप केही हप्ता पछिसम्म चाडपर्वले असर पारिरहन्छ । माग बढ्दा आपूर्ति बढाउनुपर्ने अर्थशास्त्रीय नियमभन्दा माग बढेपछि मूल्य बढाउने प्रवृत्तिले नेपाली बजार आक्रान्त हुने गर्छ । वर्षभरिका दुःखकष्ट र पीरव्यथा सबै बिर्सेर सपरिवार एकै ठाउँमा जम्मा भएर आआफ्ना गच्छेअनुसार मीठोमसिनो खाई रमाउने अनि आपसी वैमनस्यता भुलेर एकआपसमा शुभकामना आदानप्रदान गर्ने हिन्दूहरूको महान पर्व दसैं कसैका लागि दशा बनेर गएको छ ।

उच्च रक्तचाप, मुटु र पेटजन्य समस्या, अपच, पखाला तथा निन्द्राजन्य बिरामीको संख्या ह्वात्तै बढने गर्छ । दीर्घरोगीमा समस्या झन् बढ्छ भने जोखिमको बाटोमा रहेकालाई एकैपटक लक्षण देखिन थाल्छ । चाडबाडका समयमा आउने तथा देखिने अधिकांश बिरामीको चाप खानपानसँग सम्बन्धित हुन्छन् । सामान्य मानिसका लागि पनि हानिकारक मानिने मासु, चिल्लो, फलफूल, मिठाइ उच्च कोलेस्टेरोल, उच्च रक्तचाप, युरिक एसिड र मुटुसम्बन्धी समस्या भएकाहरूलाई त अभिशाप नै बन्न सक्छ । हामीहरूको चाडबाडमा खाइने मासु, चिल्लो, मसला, मिठाइ र मद्यपान र मुखमैत्री त हुन सक्छन् तर ती मुटुमैत्री र स्वास्थ्यमैत्री भने छैनन् ।

नपाउँदा नखाने र पाउँदा एकैपटक धेरै र अस्वस्थ ढंगले मासु, मिठाई खानाले चाडपर्वमा रमाइलोभन्दा तनावको अवस्था आउने गर्छ । तिहारलाई पनि कस्तो बनाउने तपार्इं हाम्रो हातमै छ । दसैं तिहारमा अधिकांश नेपालीलाई शुभकामना आदानप्रदान, खानपिन, रमाइलो र भेटघाटमा भ्याइनभ्याइ हुन्छ । तर, चिकित्सकहरू भने ड्युटी गर्न, बिरामीका जिज्ञासा सुन्न र अस्पतालबाट आउने बोलावटले हैरान बन्छन् ।

माछामासु

मासु अस्वस्थ भइदिनाले १६० प्रकारका रोगहरूले आक्रमण गर्न सक्छन् । चाडबाडमा होली डे हार्ट सिन्ड्रोम अर्थात् मुटुको धडकन बेताल हुने, छिटोछिटो चल्ने र हर्टफेल भई अस्पताल पुग्ने अत्यधिक हुन्छन् । मुटुका लागि फाइदाजनक भनिने मद्यपानको मात्राले पनि पेटमा खराबी, दिमागमा असर, ग्रन्थीमा असर, रोगविरुद्ध लड्ने क्षमतामा कमी ल्याउँछ । अझै मसलेदार, चिल्लो, पिरो मासुका साथ रक्सी सेवनले पेट, कलेजोमा असर, पेटको अल्सर र क्यान्सर, रक्तअल्पता, दुर्बलता, प्यान्क्रियाज ग्रन्थीमा नकारात्मक असर पर्दछ ।
स्वास्थ्यका दृष्टिले रातो मासुभन्दा सेतो मासु राम्रो हुन्छ । रातोमासुले युरिक एसिड, ट्राइग्लेसिराइड, कोलेस्टेरोल, मुटुरोग निम्त्याउँछ । रातो मासु अर्थात् खसी, बोका, राँगा, बँदेल, भेडा आदिको मासुमा प्रोटिन, फ्याटी एसिड पनि प्रशस्त पाइने भएकाले युरिक एसिडको जोखिम बढाउँछ । सकेसम्म देखिने चिल्लो वा बोसो निकालेर थोरै मात्र तेलको प्रयोग गरी पकाइएको वा उसिनेको मासु खानु कम हानिकारक हुन्छ । चाडपर्वको नाममा धेरै तारेको, भुटेको, पोलेको कुरा कम नहुँदा मधुमेह, उच्च रक्तचाप, युरिक एसिड र पेट क्यान्सर बढाउँछ ।

 

विभिन्न परिकारमा प्रयोग गरिने रोडामाइन बीले मिर्गौला र अण्डकोषमा क्षति पु¥याउ“छ । मालाचाइटले फोक्सोमा पानी जम्ने, मालासाइट ग्रिनले फोक्सो, स्तन, पाठेघर र कलेजोमा घाउ, लेड क्रोमेट, कपर सल्फेट र आइरन अक्साइडले प्यारालाइसिस र गर्भपतन गराउने गर्दछन्

 

धेरै चिल्लो

धेरै तेल, घिउ वा तारेको, भुटेका खाद्य पदार्थमा बोसो बढी हुने भएकाले मोटोपना, मुटु तथा धमनीका रोग, उच्च रक्तचाप, मधुमेह, अपच, कब्जियत वा पखाला, आन्द्राको रोग, पित्तथैलीमा समस्या, पत्थरी, आन्द्राको क्यान्सर बनाउँछ । मसलादार, पिरो तरकारी तथा अमिलो अचारले एसीडीटी बढाई घाँटी, छाती पोल्ने र अल्सर गराउँछ । चिल्लो पिरो खानाले पेटको माथिल्लो मुख (ढकन) खुली पेट पोल्ने समस्या, अम्लपित्त, अल्सर उत्पन्न हुन्छ । त्यसैमा अझ पेट पोलिरहने ग्यास्ट्रिक भएका र अल्सर भएका व्यक्तिले चिल्लो, पिरो, मसलादार खानेकुरा खानु नै हुँदैन । तेल र चिल्लो पदार्थ जति धेरैपटक ततायो उति नै त्यसमा ट्रान्सफ्याट उत्पन्न हुन्छ र स्वास्थ्यका लागि बढी हानिकारक र क्यान्सर बनाउन
सक्ने हुन्छ ।

 

रंगीन मिठाई

तिहार र मिठाइको सम्बन्ध नङ र मासु जस्तै छ । सामान्य दिनको तुलनामा तिहारमा बढी खपत हुने भएकोले मिसावट गरिएको अशुद्ध मिठाई तिहार आउनु साता अघिदेखि नै बनाइन्छ । मिठाइ बनाउँदा प्रयोग गरिने अखाद्य पदार्थले शरीरमा अल्पकालीन तथा दीर्घकालीन असर पार्दछ । पसले मिठाइ ढोकाबाहिर आँगन, बाटोसम्म राखेर बेच्ने चलनले बाटोको धुलो र धुवाँले एकातिर मिठाइलाई दूषित बनाइरहेका हुन्छन् भने अर्कोतिर झिंगा, कीरा लागि संक्रमित बनाइरहेका हुन्छन् । विभिन्न प्रकारका अखाद्य रंगहरू र बढी मात्रामा खाद्य रंगहरू क्यारोटिन, एनाटो, विकजिन, कार्नेन, खैरो चिनी इत्यादि तथा एडेटिभ प्रिजर्भेटिभहरू प्रयोग गरिएका खानेकुरा खाँदा कतिपय अवस्थामा प्रत्यक्ष हानी गर्ने त केहीमा दीर्घकालीन असर स्वास्थ्यमा पर्दछन् ।

औद्योगिक प्रायोजनका लागि गलैंचा र कपडा रंगाउन बनाइएका रंगहरू रोडाइमान बी, मालाच्युट ग्रिन, मेटालिन एल्लोलाई मिठाईमा चमक प्रयोग गरिएको हुन्छ । चप, पकौडाजस्ता पहेंला रंग हुने खाद्य परिकारमासमेत मेटालिन एल्लो प्रयोग गरिएको हुन्छ । यस्ता रंगहरू हालेर बनाइएका परिकारहरू लामो समयसम्म खाँदा क्यान्सर रोग लाग्न सक्छ । रगतको हेमोग्लोबिन नष्ट पार्ने फास्टरेड कार्मोइसिन रातो रंग दिन प्रयोग गरिन्छ । मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने केशरी रंग जेरीमा बढी प्रयोग गरिन्छ । चप, पकौडा, सेल र बिस्कुटमा पहेंलो रंग प्रयोग गरिन्छ जसले पुरुषको शुक्रकिट नष्ट गरी बाझोपन बनाउने ब्रोमोनेट तेल पनि अत्यधिक प्रयोग गरिन्छ ।

यसैगरी, विभिन्न परिकारमा प्रयोग गरिने रोडामाइन बीले मिर्गाेला र अण्डकोषमा क्षति पु¥याउँछ । मालाचाइटले फोक्सोमा पानी जम्ने, मालासाइट ग्रिनले फोक्सो, स्तन, पाठेघर र कलेजोमा घाउ, लेड क्रोमेट, कपर सल्फेट र आइरन अक्साइडले प्यारालाइसिस र गर्भपतन गराउने गर्दछन् ।
खानपानको असंयम, अनिद्रा आदिले नियमित गर्ने गरेको शारीरिक श्रम, व्यायाम पनि कम हुन्छ । यसले गर्दा अपच, अमिलो, झुसिलो डकार, वायुले पेट ढुस्स आउने, फुल्ने, आउँ, पखाला, रिँगटा लाग्ने, आँखा पोल्ने बिझाउने, रातो हुने, बान्ता हुने, खानामा अरुचि हुने, चिडचिडाहट, ज्वरो, हैजा, कमलपित्त, ग्यास्ट्रिक, आमाशय र आन्द्राको घाउ अल्सर, उच्च रक्तचाप, मुटुसम्बन्धी, मिर्गाैलासम्बन्धी, कलेजोसम्बन्धी, मधुमेह इत्यादिको खतरा बढ्ने हुन्छ ।

 

 

पटाकाको क्षतिबाट बच्न साना बच्चामाथि अभिभावकले प्रत्यक्ष निगरानी राख्नुपर्छ । बढी शक्तिशाली, आगो वा प्रकाश निस्कने पटाका दिनुहु“दैन । आठ वर्षभन्दा कमका बालबालिकालाई आफैं फुलझुडी वा टर्च सल्काउन दिनुहु“दैन । बच्चालाई प्रकाशवाला पटाका मात्र प्रयोग गर्न दिनुपर्छ

पटाका

दिपावली, तिहार र छठमा अत्यधिक खपत हुने पटाकाका नकारात्मक पक्षहरू अनगिन्ती छन् । यसबाट प्रताडित हुनेमा अधिकांश महिला, १८ वर्ष कम उमेरका बालबालिका र त्यसैमा मधेसमा बढी हुन्छन् । युनिसेफका अनुसार मुख्य गरी पटाकाका कारण विश्वमा बर्सेनि साढे ७ लाख व्यक्तिको डढेर मृत्यृ हुन्छ । पटाकामा एउटा आवाजको र अर्काे पडकाई वा ब्लास्टको प्रभाव हुन्छ । आतसबाजी र पटाकाले आगजनी मात्र हँुदैन, बरु आँखामा चोट, आँखाको ढकनी च्यातिने, दृष्टि गुम्ने, हृदयाघात, रक्तचाप, दम, छाला, स्वास र नाकको एलर्जीसमेत हुन्छ । यस अतिरिक्त ब्रोङकाइटिस, निमोनिया, कानको जाली च्यातिने, कान कराउने, श्रवणशक्ति नोक्सान, हात, खुट्टा जल्ने, टाउको दुख्ने आदि हुनुका साथै अनिद्रा तथा कहिलेकाहीँ ज्यानै जानेसमेत हुन सक्छ ।

पटाकाको क्षतिबाट बच्न साना बच्चामाथि अभिभावकले प्रत्यक्ष निगरानी राख्नुपर्छ । बढी शक्तिशाली, आगो वा प्रकाश निस्कने पटाका दिनुहुँदैन । आठ वर्षभन्दा कमका बालबालिकालाई आफैं फुलझुडी वा टर्च सल्काउन दिनुहुँदैन । बच्चालाई प्रकाशवाला पटाका मात्र प्रयोग गर्न दिनुपर्छ । खुकुला लुगा लगाउन दिनुहुँदैन । पटका, फुलझुडी, अनार, आतिसबाजीजस्ता पदार्थ पड्काउनु अघि खुला ठाउँ रोज्नुपर्छ । वरपरमा पेट्रोल, डिजल, मट्टीतेल, ग्यास सिलिन्डरजस्ता प्रज्वलनशील पदार्थ हुनुहुँदैन । पटाका गुणस्तरको, उमेर अनुकूलको तथा राम्रो ब्रान्डको हुनुपर्छ । फस्ट एड बक्स घरमा राखी कुनै दुर्घटना भए प्राथमिक उपचार गर्नुपर्छ । थोरै असावधानीका कारण खुसी, उमंग लिएर आउने चाडपर्व क्षणभरमै दुःखद अवस्थामा परिणत हुन सक्छ ।
अन्त्यमा, नियमित खाइरहेका औषधि खान बिर्सनुहुँदैन । दिनहुँ एक घण्टा परिश्रम पर्ने गरी हिँड्न, व्यायाम वा योग गर्न तथा सक्रिय क्रियाकलाप गर्न भुल्नुहुँदैन । भर्खर समस्या सुरु भएका, उमेर पुगेका र वंशाणुगत दृष्टिले खतरा भएकालाई रोगले च्याप्ने र जटिलता ल्याउने तथा दीर्घरोगीहरूमा परिणत गर्ने यी पर्वका खाना र क्रियाकलाप नै हुन् ।