सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

उदार देवकोटा

राजु पौडेल
2 weeks ago
07/11/2018

उदार देवकोटा

राजु पौडेल

संवत् पचासको दशकमा पुख्र्यौली बसोबासको मुकाम स्थानान्तरण गरी चितवन झरेको एकाध दिनमा नारायणगढ शहीद चोकमा अवस्थित साझा प्रकाशनको बिक्री केन्द्र पुग्ने अवसर मिल्यो । साझा प्रकाशनद्वारा प्रकाशित कृति ओल्टाइपल्टाइ हेर्दै जाने क्रममा सोही प्रकाशनद्वारा प्रकाशित महाकवि लक्ष्मीप्रसाद देवकोटा (१९६६–२०१६) को अर्धकदको ठूलो पोस्टरमा आँखा टक्क रोकियो । म घोरिएँ किनकि देवकोटालाई सानो आकारका एकाध श्यामस्वेत तस्बिरमा बाहेक त्यति ठूलो रंगीन आकारमा त्यसअघि कहिल्यै देखेको थिइनँ ।

मलाई लाग्यो मेरा आँखा पवित्र बने । हजारौंपटक पढिएका त्यति नै सुनिएका देवकोटालाई त्यो रूपमा देख्न पाउँदा देवकोटासँग प्रत्यक्ष साक्षत्कारको अनुभूति भयो मलाई । पोस्टर धेरैपटक ओल्टाइपल्टाइ गरें, पोस्टरको तल दायाँ कुनामा सानो अक्षरमा ‘मु’ लेखिएको थियो । यसको अर्थ के होला ? खोज्दै जाँदा पत्ता लाग्यो ‘मुखिया’ थर गरेका कलाकारले त्यो तस्बिर कोरेका रहेछन् । मलाई भित्रभित्रै देवकोटाको एउटा पोस्टर जसरी भए पनि लग्नुपर्छ भन्ने लागिसकेको थियो ।
सौभाग्यले महाकवि देवकोटालगायत हामीले पढेका अन्य आधा दर्जन आदरणीय सर्जकहरूका पोस्टरहरू मलाई साथमै लगेर जानुभएका फुपाजुले किनिदिनुभयो । म धन्य भएँ । ती पोस्टरलाई हाम्रो नयाँ मुकामको पुरानो निवासमा कसरी सजाउने ? नयाँ चुनौती थपियो । एक जना दाजुको सहयोगमा ती पोस्टरलाई निक्कै कलात्मक ढंगले उपलब्ध बैठक कक्षमा सजाइयो । भेटघाटका लागि आउने आगन्तुक सबैले प्रतिक्रिया दिन थाले, ‘सहित्यकारको फोटोले’ बैठक कक्षको शोभा बढाएछ । हामी त्यसै मख्ख, त्यसैमा प्राप्त प्रतिक्रियाले हौसाउँथ्यो ।

 


धेरै वर्षदेखि यो सन्दर्भ जोडेर देवकोटालाई सम्झूँ भन्ने लागेको थियो आज त्यो मौका जुटेको छ । यो आलेख लेख्न जुट्दै गर्दा लागिरहेको छ, त्यो स्थानमा राजनीतिक पृष्ठभूमिका व्यक्तित्वहरूको पोस्टर टाँंगिएको भए तत्कालीन प्रतिक्रिया के आउँथ्यो होला ? समाजको प्रतिक्रियालाई अनुमान मात्र गरांै, अहिले । लक्ष्मी जन्मजयन्तीको १०९औं वर्षगाँठ मनाइँदै गर्दा भित्तामा दाहिने फर्काएर राखिएका उनै साझा व्यक्तित्वका धनी महाकवि देवकोटाको योगदानले चिमोटिरहेको छ ।
विद्यालय पढ्दाताका गुरुले ‘लक्ष्मीको प्रसाद बन्नुपर्ने देवकोटा, सरस्वतीका प्रसाद बने..’ भनेको प्रस्ट सम्झना छ, मलाई । अनि सम्झना छ, एक हप्तामै महाकाव्य लेखि सिध्याउने अद्भूत क्षमता, लेख्दालेख्दै अर्काको टाउकोमा चुरोट निभ्याउने गरेको हर्कत, अनि चुरोटका ठुटोले औंला डढेर कालै हुने गरेका कथा जुन मूलतः लक्ष्मीप्रसाद देवकोटाको व्यक्तित्वलाई झल्काउने हिसाबले कथिएका छन् । सत्य–असत्य जे भए पनि देवकोटा समकालीन नेपाली समाजका एक असाधारण व्यक्तित्व थिए भन्ने कुरालाई यस्तै मिथकले पनि प्रस्ट गर्दछन् ।

 

जीवनको उत्तरार्धमा राजनीतिप्रति चासो राख्दै गएका देवकोटा छोटो समयका लागि मन्त्रिपरिषद्को सदस्यसमेत भए । शक्तिशाली क्याबिनेट मन्त्री हु“दा नेपालको पहिलो र जेठो त्रिभुवन विश्वविद्यालय स्थापनार्थ उनले गरेको प्रयासलाई यसको उदाहरणका रूपमा लिन सकिन्छ

‘के हो ठूलो जगत्मा पसिना विवेक । उद्देश्य के लिनु उडी छुनु चन्द्र एक ।।’ पसिना कर्मसँग सम्बन्धित विषय हो, मान्छेको सफलता वा असफलतालाई निर्धारण गर्ने कर्मको महिमालाई उत्तिबेलै कवितामार्फत् सबैमा प्रेरणा प्रदान गर्नु दूरदृष्टिको एक अनुपम नमुना हो । कहिलेकाहीँ फूल टिप्नुप¥यो भने मलाई देवकोटाको त्यही काव्यांश ‘नटिप्नु हेर कोपिला नचुड्नु पाप लाग्दछ’ सम्झना भएर आउँछ । जुन काव्यांशलाई म र मेरा सहपाठीले संवत् चालिसको दशकमा पढे, सुने । आज तीन दशक पार गर्दा समेत त्यो कविताको मर्म र शिक्षा हरेकको मनमस्तिष्कमा ताजै छ । यसले के पुष्टि गर्दछ भने, देवकोटाले जहाँ जे लेखे, समाजको फेरो समाते, मेहेरो मारेर लेखे (मुख्य कुरालाई केन्द्र भागमा राखेर घुमाएर लेखिएको), वास्तविकताको वकालत गरे र आफ्नो साहित्य सिर्जनालाई जसरी हुन्छ जीवन्त बनाउने विषय (कहिलेकाहीँ जबर्जस्ती) लेखे ।

मुनामदन सम्भवत नेपाली साहित्यको इतिहासमा सबैभन्दा बढी पढिएको, रुचाइएको र बिक्री भएको साहित्यिक कृति हो । परम्परागत झ्याउरे लयमा आधारित रहेर रचना गरी, दुई वयस्क व्यक्तिको प्रेम सम्बन्धलाई त्यो पठनीय शैलीमा त्यो समयमा प्रस्तुत गर्न सक्नु एउटा अदम्य साहित्यिक सहासका दृष्टिले समेत महŒवपूर्ण कुरा हो । तत्कालीन निर्वाहमुखी परम्परागत कृषि अर्थतन्त्रमा आधारित नेपाली समाजका अगुवा किसानप्रतिको सम्मान उनका साहित्यिक रचनामा कसरी समाविष्ट गरिएको छ । शाकुन्तल महाकाव्यको रसस्वाद गरेका सबै साहित्य पारखीलाई त्यो कुराको राम्रो हेक्का भएकै हुनुपर्छ ।

सबै जातजातिप्रति उत्तिकै सम्मानका साथ शब्द संयोजना गर्ने कला र महिलाको भूमिकालाई अत्यन्तै आदर र सम्मानका साथ त्यो समयमा प्रस्तुत गर्ने क्षमता अहिलेसम्म अनुकरणीय छन् । प्रकृतिलाई प्रेम गर्नु र सबै चराचर जगतप्रति भलो दर्शाउने जस्ता उदारवादी विशेषता उनका साहित्य सिर्जनाका मुख्य आकर्षण हुन् । भौतिक अस्तित्व जेसुकै होस्, त्यसैले देवकोटा आजसम्म जीवितै छन् । उनको जीवित यात्रा झनै परिष्कृत ढंगले अघि बढ्नेछ ।

स्वायत्त संस्थाको औकात बलियो भने मात्र त्यस्ता संस्थाको भविष्य दीर्घकालीन हुन्छ भन्ने कुरा देवकोटाले गरेका कामबाट समेत प्रस्ट हुन्छ । आफ्नो जीवनको उत्तरार्धमा राजनीतिप्रति चासो राख्दै गएका देवकोटा छोटो समयका लागि मन्त्रिपरिषद्को सदस्यसमेत भए । शक्तिशाली क्याबिनेट मन्त्री हुँदा नेपालको पहिलो र जेठो त्रिभुवन विश्वविद्यालय स्थापनार्थ उनले गरेको प्रयासलाई यसको उदाहरणका रूपमा लिन सकिन्छ । पैदलै हिँडेर हाल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयले चर्चेको सबै जग्गाजमिन देवकोटाले नै व्यवस्थापन गरेको वरिष्ठ समलोचक तारानाथ शर्माले उल्लेख गर्नुभएको छ ।
प्रज्ञाप्रतिष्ठानको स्थापनामा समेत देवकोटाले निक्कै ठूलो मेहनत खर्चेको स्रष्टा श्यामदासले उल्लेख गर्नुभएको छ । देवकोटा विभागीय मन्त्री हुँदै व्यस्थापन गरिएको त्यही विश्वविद्यालयबाट देशविदेशका कैंयन व्यक्तिहरू शिक्षित÷दीक्षित बन्ने अवसर
प्राप्त भयो ।

आफूले लगाइरहेको कोट भिखारीलाई दिएको किस्सा हामी सानै छँदा लक्ष्मीप्रसाद देवकोटासँग जोडेर धेरैपटक सुनिएको हो । त्रिचन्द्र कलेजमा प्राध्यापन गर्ने देवकोटा तलब बुझेको दिन घर पुग्दा नपुग्दै रित्तै हुन्थे रे भन्ने पनि सुनिन्थ्यो । गल्लीगल्लीका मिठाई पसल देवकोटाको व्यग्र प्रतीक्षा गर्थे रे । पसलबाट मनग्य किन्थे र बाँड्दै हिँंड्थे । कवि मन जति पग्लिन सक्थ्यो । त्यति पग्लिदिने देवकोटा देखेर तत्कालीन समाज छक्क पथ्र्यो रे । देवकोटाको सबै आयआर्जन उनको श्रीमती हुँदै धार्मिक संस्थामार्फत पशुपतिमा पुग्थ्यो भन्ने पनि सुनियो । एउटा चुरोटका लागि एउटा कविता बिक्री गर्थे भन्ने पनि सुनियो । यसो पढ्दा लाग्छ, देवकोटामा दरिद्रता होइन, उदारवाद प्रबल रहेछ ।

 

 

त्रिचन्द्र कलेजमा प्राध्यापन गर्ने देवकोटा तलब बुझेको दिन घर पुग्दानपुग्दै रित्तै हुन्थे रे भन्ने पनि सुनिन्थ्यो । गल्लीगल्लीका मिठाई पसल देवकोटाको व्यग्र प्रतीक्षा गर्थे रे । पसलबाट मनग्य किन्थे र बा“ड्दै हि“ड्थे । कवि मन जति पग्लिन सक्थ्यो, त्यति पग्लिदिने देवकोटा देखेर तत्कालीन समाज छक्क पथ्र्यो रे

 

त्यसो त, उज्वेकिस्तान तासकन्दमा दिएको प्रवचनले देवकोटाको समाजवादी चिन्तनसमेत अत्यन्त प्रबल रहेको समालोचक नारायण ढकालले उल्लेख गरेका छन् । आलोचकहरूले देवकोटा दरिद्रतामा परेर पागल भए भनिदिए, देवकोटाले काव्यिक प्रतिउत्तर फर्काइदिए ‘जरुर साथी म पागल’ । अब अनुमान लगाउनुहोस् आफूमाथिको संगीन आरोपलाई कविताबाट नै प्रतिउत्तर फर्काउने मानिस पागल कि आलोचकहरूको अल्पज्ञान ? सुनिन्छ, देवकोटा यति उदारवादी थिए कि, माग्नेले कहिल्यै नदेखेको पैसासमेत उनी बाँड्दै हिँड्थे । माग्नेका नाममा हात उठ्यो भने उठ्यो जति भए पनि समर्पण गर्थे, आफू रित्तै फर्किन्थे । हामीले बाल्यकालमै सुनेका यस्ता किस्सा अहिलेसम्म कसैले होइन भनेर प्रतिवाद गर्न सकेको अवस्था छैन ।
१९६६ साल लक्ष्मीपूजाको दिनमा यस संसारमा पाइला टेकेका देवकोटा ५० वर्षको परिपक्व उमेर पुग्दानपुग्दै संवत् २०१६ साल भदौ २९ गते आफ्नो साहित्यिक र राजनीतिक भूमिकालाई इतिहास बनाएर यमलोक प्रस्थान गरे ।

लक्ष्मी निबन्ध संग्रहअन्तर्गत ‘नेपाली साहित्यको इतिहासमा सर्वश्रेष्ठ पुरुष’ शीर्षकमा अंकित निबन्धमा देवकोटाले आफ्नो साहित्यिक यात्राको मुख्य ऊर्जा वा प्रभावको रूपमा भानुभक्तलाई स्वयं पटकपटक स्वीकार गरेका छन् । भानुभक्तको पथलाई पछ्याएर नेपाली साहित्यको तख्ता भर्ने देवकोटाले विश्व साहित्यमा नेपाली साहित्यलाई प्रवेश गराएको कुरा कवि वैरागी काइँलाले हालै प्रकाशित एक दैनिकमा उल्लेख गरेका छन् । अन्तर्राष्ट्रिय स्तरमा नेपाली साहित्यको स्तरीय व्याख्या विश्लेषणको प्रारम्भ देवकोटाको समयबाट नै भएको हो । देवकोटाको असिम साहित्यिक प्रेरणाले नेपालभन्दा बाहिरको भूगोलमा समेत नेपाली साहित्यका सर्जक टिकेका छन्, नेपाली साहित्यप्रतिको साधना फुले÷फक्रेको छ ।

अन्त्यमा, मेरो परिवारको दोस्रो पुस्ता आय आर्जनमा जुटिसकेपछि हाम्रो त्यो नयाँ स्थानको पुरानो निवास आधुनिक निवास बनाउने नाममा भत्काइयो, त्योसँगै देवकोटाको त्यो निर्जीव सम्मानित पोस्टरको अवस्थासमेत अज्ञात छ । मलाई ठ्याक्कै यकिन भएन, तत्कालीन नारायणगढ शहीदचोकमा अवस्थित साझाको त्यो बिक्री कक्ष उस्तै छ ? फेरियो वा संघीय संरचनामा गयो ? साझाले त्यस्तो पोस्टर अहिले प्रकाशित गर्छ वा गर्दैन ? तर, देवकोटाप्रतिको आस्था र सम्मान आमनेपालीभाषीमा आजसम्म पनि उस्तै अडिग छ । यस्ता दुर्लभ स्रष्टाको गर्विलो सम्मान राज्यको नागरिकको हैसियतले हामी सबैको कर्तव्य हो र हुनेछ ।