सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

पाँच सुपथ मूल्य पसल स्थापना

राजधानी समाचारदाता
2 weeks ago
07/11/2018

 

डोटी । डोटी जिल्लाको केआई सिंह गाउँपालिकाले दिपावलीको अवसरमा जिल्लामै पहिलोपटक ५ स्थानमा सुपथ मूल्य पसल स्थापना गरी सञ्चालनमा ल्याएको छ ।

हिन्दूहरूको दोस्रो ठूलो पर्व दिपावलीमा स्थानीय बासिन्दालाई नुन र चिनी सुपथ मूल्यमा उपलब्ध गराउन सुपथ मूल्य पसल स्थापना गरेको गाउँपालिकाले जनाएको छ ।

केआई सिंह गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीका अनुसार गाउँपालिकाका सबैलाई पायक पर्ने गरी वडा नम्बर १ र २ का लागि तिखात्तर, वडा नम्बर ३ का लागि वासुदेवी, वडा नम्बर ४ का लागि वायल, वडा नम्बर ५ का लागि रानागाउँ र वडा नम्बर ६ र ७ का लागि भूमिराजमाडौंमा पसल स्थापना गरिएको छ । सुपथ मूल्यका पसल यही २७ कार्तिक सम्म सञ्चालनमा आउनेछन् ।

गाउँपालिकाले करिब ४ हजार ३ सय घरपरिवारलाई लक्षित गरी सस्तो मूल्यमा चिनी र नुन उपलब्ध गराउन गाउँपालिकाबाट ७ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

गाउँपालिकाले २१५ टन चिनी र १२९ टन नुन खरिद गरी स्थानीय स्तरका सहकारी संस्थालाई सुपथ मूल्य पसल सञ्चालनको जिम्मा दिएको छ । सुपथ मूल्य पसलबाट प्रतिपरिवार पाँच किलो चिनी र तीन किलो नुन सुपथ मूल्यमा उपलव्ध गराइने भएको छ ।

ती सहकारी संस्थाहरूले सुपथ मूल्य पसलबाट सामग्री बिक्री गरिदिएबापत प्रतिकिलो पाँच रुपैयाँ अनुदान पाउने केआई सिंह गाउँपालिकाले जनाएको छ ।

यसअघि अत्यावश्यकीय वस्तुका रूपमा रहेको नुन र चिनीका लागि दिपायल राजपुर तथा स्थानीय वायल बजारबाट खरिद गर्नुपर्ने बाध्यता रहेको थियो । आफ्नो घर दैलोमा सुपथ मूल्य पसल स्थापना भई चिनी प्रतिकिलो ६० रुपैयाँ र नुन प्रतिकिलो ८ रुपैयाँमा उपलब्ध भएपछि स्थानीय बासिन्दाहरू हर्षित भएका छन् । उक्त सुपथ मूल्यका पसल स्थायी रूपमा सञ्चालन गरिनुपर्ने स्थानीय बासिन्दाको माग रहेको छ ।

गर्जाङ उपत्यका हाइड्रोपावर, लाफिङ बुद्ध पावर र युनिक हाइडेल कम्पनीलाई आवश्यक कागजात तथा प्रक्रिया पूरा गर्न बोर्डले भने पनि लामो समयसम्म ति संस्थाले कुनै प्रतिक्रिया दिएका छैनन् ।