सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

मुल्मीको अध्यक्षतामा स्नुकर संघ पुनर्गठन

राजधानी समाचारदाता
2 weeks ago
07/11/2018

 

 

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्नुकरका पूर्वराष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मीको अध्यक्षतामा नेपाल बिलियर्ड, स्नुकर तथा पुल संघ पुनर्गठन गरेको छ ।

पुनर्गठित संघको उपाध्यक्षमा विन्देश्वर श्रेष्ठ, ध्रुव तुलाधर, मनोज खड्गी, हीरा दाहाल र गोपाल माली, महासचिवमा केशवराज अधिकारी, सचिवमा मुकेश बुढाथोकी, सहसचिवमा सञ्जयकुमार मुल्मी, कोषाध्यक्षमा गंगाराम श्रेष्ठ तथा सहकोषाध्यक्षमा केशर मल्ल रहेका छन् ।

सदस्यमा राजन लामा, सरोज कार्की, एलिना महर्जन, विवश केसी, निर्मल पाण्डे, मनोजकुमार सिंह, मनोज केसी, राधा श्रेष्ठ, सुवास राई, गजराज खड्का र राखेपबाट दुई जना प्रतिनिधि रहेका छन् ।

पदाधिकारीलाई राखेपका सदस्य सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच पत्र हस्तान्तरण गरे । पुनर्गठित संघलाई समयसाक्षेप विधान संशोधन गरी राखेपबाट स्वीकृति लिई तीन महिना भित्र निर्वाचन सम्पन्न गर्न भनिएको छ ।