सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

तिहारको अवसरमा सुश्री सम्पत्तिको झुम्की….

राजधानी समाचारदाता
2 weeks ago
07/11/2018

काठमाडौं। तिहारको अवसर पारेर मंगलबार बेलुका भक्तपुरमा एक समारोहबीच चलचित्र ‘सुश्री सम्पति’को दोस्रो गीत झुम्की…को भिडियो रिलिज गरिएको छ । पत्रकार सुब्रतराज आचार्यको निर्देशनमा तयार भएको यो चलचित्र २८ मंसिरबाट रिलिज हुँदै छ ।

सार्वजनिक गीतको भिडियोमा प्रियंका कार्कीको कामुक नृत्य छ । उनीसँगै सलोन बस्नेत, बिनोद न्यौपाने र प्रमोद अग्रहरीको पनि नृत्य रहेको छ ।

सुरेश अधिकारीको शब्द र संगीत रहेको यो गीतलमा मीना निरौला र राजन इशानले स्वर दिएका छन् । झुम्की… गीत र यसको भिडियोले दर्शक तथा श्रोतालाई नचाउनेमा निर्माण पक्षको विश्वस्त छ ।

तिहारको कोसेलीस्वरूप दर्शकलाई उपहार दिइएको गीतलाई कविराज गहतराजले निर्देशन गरेका छन् । सार्वजनिक हुकुम बक्सियोस गीतले दर्शक तथा श्रोताको मन जित्दै यही चलचित्रको अर्को गीत झुम्की…सर्वजनिक गरिएको निर्देशक आचार्यले बताए ।

यो चलचित्रमा सलोन बस्नेत, सारा सिर्पाली, बिनोद न्यौपाने, प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरीलगायतका कलाकारहरू मुख्य भूमिकामा छन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको सुश्री सम्पत्तिको कथा पनि निर्देशक आचार्यकै हो । चलचित्रको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् ।