सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

तिहारको अबसरमा चिनबाट ६० वटा भेडा च्याङग्रा आयात

झरना नेपाली
2 weeks ago
07/11/2018

रसुवा । नेपालीहरुको दोस्रो महान चाड तिहारको अबसर पारेर चिनबाट ६० वटा भेडा च्याङग्रा आयात भएको छ । एक मात्र व्यापारीक नाका रसुवागढीबाट तिहार नजिकिएसँगै ६० वटा भेडा च्याङग्रा आयात भएको हो । चीनको तिब्बतबाट रसुवागढी नाका हुदै ६० वटा भेडा च्याङग्रा नेपाल भित्राइएको व्यापारी दिवाकर न्यौपानेले बताउनुभयो । गत वर्षको तिहारमा यो नाका हुदै भेडा च्याङग्रा भित्रिएको थिएन् ।

यो तिहारको अबसर पारी ल्याईएको भेडा च्याङग्राको मुल्य २३ हजारदेखि २६ हजारसम्म पर्ने व्यापारी दिवाकर न्यौपानेले बताउनुभयो । उहाँको अनुसार यो भन्दा पहिला मुस्ताङबाट भेडा च्याङग्रा ल्याइने गरेका भएपनि यो वर्ष रसुवागढी नाका हुँदै ल्याएको र पहिलाको तुलनामा यो बर्ष भेडा च्याङग्राको मुल्य धेरै महङ्गो रहेको पनि बताउनुभयो ।

उहाँको अनुसार गत वर्ष भन्दा यो बर्ष करिव ४ हजारले मूल्य बढेको छ । गत बर्ष २३ हजार सम्म पर्ने गरेको भएपनि यो बर्ष धेरै बढेको उहाँले बताउनुभयो । गत वर्ष आयात घटेको थियो । यो वर्ष योे नाका हुँदै तीन सय भन्दा बढीको सङ्ख्यामा आयात भएको बताइएको छ ।

चीनको तिब्बतस्थित ल्हासामा भेडाच्याग्राको भाउ निरन्तर बढ्दै जान थालेपछि आयात निरन्तर ओरालो लागेको व्यावसायीहरुले बताएका छन् यो बर्ष दुई सय भन्दा बढी भेडा च्याङग्रा आयात भएको बताइएको छ ।

व्यापारिहरुका अनुसार २०७० सालमा २ सय २ वटा, २०७१ सालमा १ सय ८०, २०७३ सालमा २ सय ५० वटा र २०७४ सालमा ५५ वटा भेँडा च्याङ्ग्रा रसुवागढी नाका हुदै नेपाल आयात भएको थियो । २०७० सालअघि यो नाकाबाट पाँच हजारदेखि १० हजारसम्म भेडाच्याङ्ग्रा आयात हुने गरेको उनिहरुको भनाई छ । बिशेषगरि चाडपर्वको अबसर पारेर हरेक वर्ष रसुवागढी नाकाबाट भेडा च्याङग्रा ल्याउने गरिेएको छ ।