बुधवार ९ माघ, २०७५ (Wednesday, 23rd January 2019)
९ माघ, २०७५ (23 January 2019)

रानीपोखरी पुनर्निर्माण नहुँदा भाइटीकामा सकस

राजधानी समाचारदाता
3 months ago
07/11/2018

 

ललितपुर। मल्लकालीन सभ्यताको इतिहास बोकेको रानीपोखरी पुनर्निर्माणको काम सुरु नहुँदा धार्मिक सांस्कृति पर्वमा असर परेको छ ।

पुरानो संस्कृति ब्युँताउने सम्पदा रानीपोखरीको पुनर्निर्माण विवादमा अल्झिँदा रानीपोखरी र त्यहाँ रहेको बालगोपालेश्वर मन्दिरसँग जोडिएका संस्कृतिमा असर परेको संस्कृतिविद्हरू बताउँछन् ।

तिहारको भाइटीकाको दिन मात्र खुल्ने बालगोपालेश्वर मन्दिर पुनर्निर्माण नहुँदा त्यससँग जोडिएका धार्मिक, सांस्कृतिक र सामाजिक महŒवमा असर परेको भन्दै उनीहरू चिन्तित छन् ।

 

‘भूकम्प गएर क्षति पु¥याएको तीन वर्ष नाघिसक्दा पनि पुनर्निर्माण नहुँदा दिदीबहिनी र दाजुभाइ नहुनेहरू जमघट भएर बस्ने थलो रानीपोखरीमा त्यति उत्साह हुने देखिन्न,’ संस्कृतिविद् एवं इतिहास अन्वेषक डा. रमेश ढुंगेलले भने, ‘दाजुभाइ या दिदीबहिनी नहुनेहरूको भावनामा अलिकति चिसोपनको अनुभूति हुन सक्छ ।’

पुनर्निर्माणका क्रममा केही समयअघि महानगरपालिका, पुरातŒव विभागबीच विवाद पनि भएको थियो । परम्परागत तवरले नै पुनर्निर्माण गर्ने सहमति कायम भए पनि मन्दिर निर्माणको शैली र पोखरीमा राखिने पानीको सन्दर्भमा ठोस निर्णय नहुँदा रानीपोखरीले आफ्नो पुरानो शैलीको पर्खाइमा बसिरहेको छ ।

भूकम्प गएकै वर्षदेखि मन्दिर नभए पनि मूर्ति ल्याएर बाहिरपट्टि सरसफाइ गरी मन्दिर दर्शनका लागि सर्वसाधारणका निम्ति खुला गर्ने गरिएको छ । काठमाडौं महानगरपालिकाका अनुसार यसपालि पनि रानीपोखरीको मूलद्वार खोली पुल अगाडि नै मूर्ति राखेर दर्शनको व्यवस्था मिलाइएको छ । मूर्तिलाई हाल छाउनीस्थित राष्ट्रिय संग्राहालयमा राखिएको छ ।

छाउनीमा राखिएको सो मूर्तिलाई दर्शनार्थीको चाप हेरी शुक्रबार भाइटीकाको दिन अबेरसम्म रानीपोखरीमा राखिने तयारी भएको महानगरका प्रवक्ता कार्कीले जानकारी दिए । ‘दर्शनार्थीले यसपालि पनि साँघुरो स्थानमा सकसपूर्ण तरिकाले आफ्ना दाजुभाइ र दिदीबहिनी नभएको झझल्को मेटाउने भएका हुन्,’ संस्कृतिविद् ढुंगेल भन्छन्, ‘कहिलेसम्म सांस्कृतिक कुरामा सरकारको ध्यान नजाने ?’

महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले पुनर्निर्माण नभएको रानीपोखरीमा जाँदा समस्या हुने भएकाले बाहिरैपट्टि सर्वसाधारणलाई जमघट गर्ने व्यवस्था मिलाइएको बताइन् । ‘अहिले भित्र अहिले जाँदा समस्या हुन्छ,’ उनले भनिन् , त्यहाँको पुल पनि कमजोर छ, वरपर पनि सरसफाइ गरिएको छैन ।’

वडा २८ का अध्यक्ष भाइराम खड्गीले रानीपोखरीभित्र परिसरमा पुनर्निर्माणका सामग्री त्यसै राखिएको र मर्मतको तयारीमा रहेको पुल पनि जोखिममा रहेकाले यसपालि सर्वसाधारणलाई प्रवेश दिइने संभावना नभएको बताए ।

 

 

(Visited 5 times, 1 visits today)