सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

अमेरिकी मध्यावधि निर्वाचनमा नेपाली मुलका उम्मेदवार भण्डारीको जित

2 weeks ago
07/11/2018

काठमाडौं । अमेरिकामा भएको मध्यावधि निर्वाचनमा नेपाली मुलका उम्मेदवार ह्यारी भण्डारी विजयी भएका छन् ।

मेरिल्यान्ड राज्यको निर्वाचन क्षेत्र नम्बर ८ मा डेमोक्रेटिक पार्टीका उम्मेदवार भण्डारी विजयी भएका हुन् ।

नेपालको पर्वत जिल्लाबाट सन् २००५ मा उनी अमेरिका गएका हुन् । नेपालमा अंग्रेजी भाषामा अध्यापन गराउने उनी अमेरिकामा पनि सोही पेशामा थिए ।

गत २६ जुन २०१८ मा भएको प्राथमिक चरणको निर्वाचनमा डेमोक्रेटिक पार्टीका तर्फबाट उनी दोश्रो स्थान हासिल गर्दै अन्तिम चरणका लागि छनोट भएका थिए ।

प्राथमिक निर्वाचनमा खसेको २० हजार ७ सय २६ मतमध्ये भण्डारीले २८ दशमलव १ प्रतिशत अर्थात् ५ हजार ९ सय ४१ मत ल्याएर दोस्रो भएका थिए ।

यसैगरी न्यूह्याम्पशायरबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएकी राज्य डेमोक्रेटिक पार्टीकी उम्मेदवार मदलसा गुरुङ भने पराजित भएकी छन् ।