सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

ओलम्पिक छनोट अन्तर्गत नेपालले भारतसँग खेल्दै

2 weeks ago
08/11/2018

काठमाडौं । ओलम्पिकअन्तर्गत एसिया छनोट फुटबलको पहिलो खेलमा नेपाली महिला टिमले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

म्यानमारको थुवुन्ना रंगशालामा नेपालले स्थानीय समयअनुसार ३ बजे हुने खेलमा भारतलाई हराउँदै सुखद सुरुवात गर्ने लक्ष्यमा नेपाल रहेको छ ।

साफमा नेपालको मुख्य प्रतिद्वन्द्वी भारतलाई पराजित गर्न नेपाललाई सजिलो भने हुने छैन । ओलम्पिकअन्तर्गत एसिया छनोटमा नेपालसँगै आयोजक म्यानमार, भारत र बंगलादेश रहेका छन् ।

आफ्नो दोस्रो खेल आयोजक म्यानमारसँग ११ तारिखमा र तेस्रो खेलमा नेपालले बंगलादेशसँग १३ तारिखमा खेल्नेछ ।

ओलम्पिक छनोटलाई मुख्य लक्ष्य बनाउँदै नेपालले चीनमा बैदेशिक भ्रमण गरेको थियो । चीनको स्थानीय क्लबसँग ३ खेल खेलेपछि नेपाल म्यानमार प्रस्थान गरेको हो ।

समूह ‘सी’ मा रहेको नेपाल उत्कृष्ट प्रदर्शन गर्दै उपविजेतासम्म भएर ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गर्ने लक्ष्यमा रहेको छ ।