बुधवार ९ माघ, २०७५ (Wednesday, 23rd January 2019)
९ माघ, २०७५ (23 January 2019)

शंखधर साख्वा न्याय र समानताका अभियान्ता : ओली

राजधानी समाचारदाता
3 months ago
08/11/2018

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्वतका प्रवर्तक, राष्ट्रिय विभूति शंखधर शाख्वाः न्याय र समानताका अभियन्ता भएको बताएका छन् ।

नेपाल संवत् ११३९ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै आज जारी गरेको शुभकामना सन्देशमा उनले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले शाख्वाः कै योगदानका कारण नेपालको मौलिक संवत् नेपाल संवत् प्रचलनमा आएको बताउँदै प्रधानमन्त्रीले उनको योगदान आज पनि नेपाली समाजमा उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरेका छन् ।

नेपाल संवत् प्रारम्भको घटना नै प्रेरणादायी भएको उल्लेख गर्दै शंखधर शाख्वाः ले ११३९ वर्ष अघि ऋणमा बाँधिएका गरिब किसानहरूलाई आफ्नै सम्पत्ति खर्च गरेर ऋणबाट मुक्त गराएका थिए ।

त्यही बेलादेखि सुरु भएको नेपाल संवतले हामीलाई हरेक वर्ष नेपाली संस्कृतिमा विद्यमान परोपकारी भावनाको बारेमा बताउदै आएको छ,’ प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन् ।

साथै उनले नेपाली समाजको गौरवशाली विगत र मूल्यमान्यतालाई अक्षुण राख्नसमेत यो संवतले हामीलाई झक्झक्याउदै आएको बताएका छन् ।

शंखधर शाख्वाले ऋणमा डुबेर दासत्व जीवन बिताइरहेका सर्वसाधरणलाई ऋणबाट मुक्त गराइ स्वतन्त्रता दिलाए कै कारण उनी शताब्दीऔं पछि पनि नेपालीको मानसपटलमा बस्न सफल भएको प्रधानमन्त्री ओलीले सन्देशमा उल्लेख गरेका छन् ।

‘काठमाडौँ उपत्यकामा समाज सुधारका लागि आफूलाई समर्पित गर्ने ,नेपाल संवतका प्रवर्तक, समाज सुधारक तथा प्रगतिशील व्यक्तित्व शंखधर साख्वाको विशेष स्मरण गर्न चाहन्छु’ शुभकामना सन्देशमा भनिएको छ ।

(Visited 6 times, 1 visits today)