सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

चेल्सीसहित ७ वटा क्लब युरोपा लिगको अर्को चरणमा

09/11/2018

काठमाडौं । इङलिस क्लब चेल्सी युरोपा लिग फुटबलको दोस्रो चरणमा पुगेका छ । बिहीबारराति भएको खेलमा रोमानियाको बाते बोरिसोभलाई १–० ले हराउँदै चेल्सी २ खेल अघि नै अन्तिम ३२ मा पुगेको हो ।

चेल्सीको जितमा ओलिभर जिरुडले निर्णायक गोल गरे । यो जितसँगै समूह एलमा रहेको चेल्सीको ४ खेलबाट १२ अंक भएको छ ।

यसैगरी अर्को इङलिस क्लब आर्सनल, जर्मनीका फ्र्याङ्कफर्ट र बायर लिरभकुजेन, इटालीको लाजियो, क्रोएसियाको डाईनामो जाग्रेब र स्विट्जरल्याण्डको एफसी ज्युरिचपनि अन्तिम ३२ मा पुगेका छन् ।

आर्सनलले पोर्चुगलको स्पोर्टिङसँग गोलरहित बराबरी खेलेपनि अर्को चरणमा स्थान बनायो ।

यसैगरी अन्तिम ३२ चरणमा छानिएको जर्मन टोली बायर लिभरकुजेनले स्विट्जरल्याण्डको एफसी ज्युरीचलाई १–० ले हराउँदा आईन्त्राच फ्र्याङ्कफर्टले साईप्रसको अपोलोन लिमासोललाई ३–२ ले पाखा लगायो ।

यसैगरी ईटालीको लाजियोले फ्रान्सको मार्सेलाई २–० ले हराउँदा क्रोएसियाको डाईनामो जाग्रेबले स्लोभाकियाको स्पार्टाक त्रानाभालाई ३–१ ले पन्छाउँदै अर्को चरणमा स्थान सुरक्षित गर्यो ।

युरोपियन क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिगमा गएराति स्कटल्याण्डको सेल्टिक, स्पेनको सेभिया र ग्रिसको ओलम्पियाकोस पनि बिजयी भएका छन् ।