सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

मापसे गरेर जुवा खेल्दै गरेका छ जुवाडे पक्राउ

09/11/2018

स्याङ्जा । भीरकोट नगरपालिका–६ स्थित ईश्वर केसीको घरमा गएराति मादक पदार्थ सेवन गरी जुवा खेल्दै गरेका छ जुवाडे पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा भीरकोट नगरपालिका–६ का सुवास रेग्मी, ईश्वर केसी, डिलबहादुर गोदार, भीरकोट–१ का राजचन्द्र थापा, यामलाल श्रेष्ठ र पुतलीबजार नगरपालिका–११ का योजन केसी रहेका छन् ।

गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय वालिङबाट गएको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा ३ लाख ५६ हजार ३०० र ताससहित उनीहरूलाई पक्राउ गरको हो ।

पक्राउ परेका जुवाडेहरूलाई कानूनबमोजिम कारवाही गरिने प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।