सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

भाइटीकाको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीबाट शुभकामना व्यक्त

राजधानी समाचारदाता
1 week ago
09/11/2018

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भाइटीकाको अवसरमा शुभकामना दिँदै सम्पूर्ण नेपाली दाजुभाइ र दिदीबहिनीबीचको आपसी स्नेह र ममता अझै प्रगाढ होस् भन्ने कामना गरेकी छन् ।

भण्डारीले सो अवसरमा नेपालीबीच आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ हुनुका साथै समाजमा शान्ति एवं स्थायित्वका साथ देशमा आर्थिक समृद्धिको ढोका खोलेर समुन्नत नेपाल निर्माणको महाअभियानमा अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना पनि गरेकी छन् ।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि शुभकामना दिँदै यो पर्वले आपसी एकता र भातृत्व बिकास गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भाइटीकाको उपलक्ष्यमा शुभकामना दिँदै सरकारको सर्वोपरी राष्ट्रिय अभिभारा, संकल्प र कामको केन्द्रविन्दु आर्थिक समृद्धि भएको भन्दै सम्पूर्ण नेपाली जनताको मुहारमा खुशी ल्याउन यस पर्वले मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् ।

यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि भाईटीकाको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।