सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

लागुऔषधसहित युवक पक्राउ

09/11/2018

लहान । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले आज बिहान लहानबाट एक युवकलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित स्थानीय २४ वर्षीय शिवकुमार मण्डललाई पक्राउ गरेको हो ।

शङ्का लागेर जाँच गर्दा मण्डलको साथबाट लागुऔषध फेनारगन सात थान, डाइजेपाम नौ थान तथा लुपिजेसिक आठ थान बरामद भएको प्रहरीले जनाएको छ ।