बुधवार ११ बैशाख, २०७६ (Wednesday, 24th April 2019)
११ बैशाख, २०७६ (24 April 2019)

बहिनीहरुको हातबाट बालुवाटारमा प्रधानमन्त्रीले लगाए भाईटीका

राजधानी समाचारदाता
6 months ago
09/11/2018

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना दुई जना बहिनीहरुको हातबाट भाईटीका लगाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै उनले जेठी बहिनी विष्णुमाया ढकाल र माहिली बहिनी कमलादेवी कोइरालाको हातबाट भाइटीका लगाएका हुन् ।

चिकित्सकहरूले आराम गर्न सुझाव दिएकाले स्वास्थ्यलाई ख्याल गर्दै प्रधानमन्त्रीको भाइटीका बालुवाटारमै तय गरिएका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

सोहीकारण जेठी बहिनी विष्णुमायालाई चितवनबाट र माहिली बहिनी कमलादेवी लाई झापाबाट काठमाडौं बोलाइएको थियो ।

(Visited 14 times, 1 visits today)
Loading comments...