शुक्रवार २८ मंसिर, २०७५ (Friday, 14th December 2018)
२८ मंसिर, २०७५ (14 December 2018)

जलाशय किनारमा ब्रतालु र दर्शानार्थीको घुँइचो

एमके माझी
1 month ago
13/11/2018

 राजविराज । धार्मिक सहिषुणता र आपसी सुद्भावका लागि प्रसिद्ध छठ पर्व अन्तरगत मंगलबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ ।

सूर्यलाई अर्घ दिएर ब्रतालुले आफ्ना परिवारको सुःख, शान्ति, समृद्धि र दिर्घायुको कामना गरे । यस अवसरमा सदरमुकाम राजविराजस्थित भगवती पोखरी, खर्साल पोखरी, कल्टु पोखरी, तुरन्ती पोखरी, पूर्णी पोखरी लगायतका जलाशय किनारमा दुई हजार भन्दा बढी पूजाघाट बनाइएको छ । यी जलाशयहरुमा स्थानिय तथा आसपासका क्षेत्रबाट आएका ब्रतालुले छठ मनाउँदैछन् ।

यस्तै सप्तकोशी ब्यारेजको पूर्वपट्टी नहर किनारमा झण्डै एक हजार बढी छठघाटमा ब्रतालुले सूर्यलाई अर्घ दिए । त्यहाँ सप्तरी, सुनसरीसहित भारत बिहारको सुपौल, अररिया, सहरसा र पूर्णिया लगायतका स्थानहरुबाट समेत छठ पूर्जा गर्न आउनेको ओइरो लागेको छ ।

यसैगरि ब्यारेजकै पश्चिमपट्टीमा समेत छठ पूजाका लागि दुई किलो मिटरसम्म पूजाका घाटहरु बनाइएको छ । यस वर्ष कोशी ब्यारेजमा नेपाल तथा भारतका झण्डै २५ हजार भन्दा बढीले अस्ताउँदो सूर्यलाई अर्घ दिएको पूजा समितिले जनाएको छ ।

जिल्लाको अन्य जलाशयहरुमा समेत ब्रतालु र दर्शानार्थीहरुको घुँइचो लागेको छ । छठ मनाउने स्थलहरुमा छठी मइयाको महत्व झल्किने भोजपुरी तथा मैथिलि गित गुन्जिएको छ भने घाटहरु दुलही झैं सिंगारिएको छ । बुधबार उदाउँदो सूर्यलाई अर्घ दिइएपछि चार दिवसीय छठ पर्व सम्पन्न हुनेछ ।

(Visited 3 times, 1 visits today)