सोमवार ६ श्रावण, २०७६ (Monday, 22nd July 2019)
६ श्रावण, २०७६ (22 July 2019)

१० महिनामा २७ बलात्कृत

राजधानी संवाददाता
8 months ago
16/11/2018

उदयपुर । उदयपुरमा पछिल्लो १० महिनाको अवधिमा बलात्कारका घटना बढेको एक तथ्यांकले देखाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बिहीबार सदरमुकाम गाईघाटमा आयोजना गरेको पुर्व समिक्षा कार्यक्रममा जिल्लामा ३९ बलात्कारका घटना घटेको तथ्यांक प्रस्तुत गरेको हो ।

३९ घटना मध्ये २७ वटा बलात्कार र बाँकी १३ वटा बलात्कारको प्रयास रहेको बताइएको छ । तथ्यांक अनुसार बलात्कार र बलात्कारको प्रयासबाट २१ जना बालिका र १८ जना महिला प्रताडित भएका छन् । कार्यक्रममा सन २०१८ को जनवरीदेखि अक्टोवरको अन्तिमसम्म अर्थात १० महिनामा जिल्लामा ७० वटा मानव अधिकार उल्ल्ङघन तथा ज्यादतीका घटनाहरु घटेको देखाइएको छ ।

सबै घटना गैरराज्य पंक्षबाट भएको तथ्यांकले देखाएको छ । समग्र घटनाबाट ७३ जना पीडित भएको देखाइएको छ । इन्सेकको अभिलेखमा रहेका ७० घटनामध्ये ३४ वटा अदालतले फैसला र मेलमिलापकर्ता मार्फत मिलापत्र गरिएको जनाइएको छ । घटनालाई हेर्दा बालिका बलात्कार १२, बलात्कारको प्रयास ८, अपहरण गरी बालिका बलात्कार १, महिला बलात्कार १३, बलात्कारको प्रयास ५, घरेलुहिंसा १५, बहुविवाह ५, बैवाहिक बलात्कार १ रहेका छन् ।

त्यसैगरी बम विस्फोटनबाट बालक घाईते १, कर्मचारी माथि दुव्र्यवहार २, जनप्रतिनिधि माथि दुव्र्यवहार १, हत्या २, बालविवाह २, खुकुरी प्रहार १, अभक्ष खुवाएको १ वटा रहेका छन् । घटनामा ३ जना आरोपित फरार रहेको देखाइएको छ । तथ्यांकले ३ जना महिला र १ जना सुस्थमनस्थिति भएका बालिका बलात्कारको सिकार बनेका छन् ।

तथ्यांकमा ७ बर्षीया बालिका आफ्नै हजुरबुुवाबाट बलात्कारको शिकार भएको देखाएको छ । अपाङगता भएका महिला र बालबालिका जो अरुको सहयोगमा जिउन बाध्य हुन्छन जो प्रतिकार गर्न सक्दैनन उनीहरु पनि बलात्कारको शिकार भएको देखाइएको छ । तथ्यांकले बालिका बालक बिच नै बलात्कारका घटना घटनु निकै ठुलो चुनौतीको रुपमा देखा परेको बताइएको छ । ५ बर्षको बालिका १० बर्षको बालक, ७ बर्षको बालिका १० बर्षको बालिका बिच शारिरीक सम्र्पक हुुनु लज्जास्पद बिषय भएको देखाइएको छ ।

यहाँ बिगतको तुलनामा बालिका बलात्कारको घटनामा बृद्धि भएको तथ्याङ्गले देखाएको छ । यसलाई सबै पक्ष मिलेर न्यूनिकरण गर्नु पर्नेमा सहभागिहरुको जोडदार माग थियो । घटनामा संलग्नहरुलाई कानुन बमोजिम कडा कारबाही हुनु पर्नेमा सबैको एक मत थियो ।

प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्कीले उदयपुरमा पछिल्लो समय यौनजन्य घटनामा बृद्धि भएको छ । यौन जन्य घटना बृद्धि हुनुमा हाम्रो जिवनशैली रहन सहन र बढी खुल्ला समाजले गर्दा घटना घटेको देखिन्छ ।

महिला र बालबालिकाको बिषयमा आएका मुद्धाहरु प्रहरीमा छलफल नगराउन भनेको छु । समाजमा घटने बिभिन्न खाले घटना मध्ये यौन जन्य घटनालाई न्यूनिकरण गर्न समाजले बढी अग्रसरता देखाउनु पर्नेमा प्रजिअ कार्कीले जोड दिए । घटनाको बारेमा प्रहरीमा निवेदन आउने बितिकै बिचौलीहरु बढी सक्रिय हुने गरेको प्रजिअ कार्कीले औल्याए ।

मानव अधिकारको संरक्षणमा सबै मिलेर लागौं, मानव अधिकारको घटनाको अनुगमन गरि दिन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयमा महिला हिंसा सम्बन्धि डेक्स राखेको जानकारी दिए । जसले गर्दा समाजका सबै पक्ष र कानुन कार्यान्वयन गर्ने निकाय बिच समन्वय गरि अघि बढ्न नसके सम्म घटना निवारण गर्न सकिदैनन् प्रजिअ कार्कीले भने ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालयका डिएसपी अर्जुन रानाभाटले घर घरमा भित्र्एिका प्रविधि बालबालिकाका लागि खतरनाक भएको औल्याए । इमेल इन्टरनेट, साइडले बालबालिकाको यौनजन्य व्यवहारमा परिवर्तन ल्याएको बताए । अश्लिल साईटले अपराधको घटनामा बृद्धि भएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

त्यसैगरी गैरसरकारी संस्था महासंघका केन्द्रिय उपाध्यक्ष सृजना दनुवारले सञ्चारमाध्यमको निरन्तर खबरदारीबाट मात्र समाज र कानुनका पालकहरु सजग रहने बताइन । उनले घटना घटना जुन रुपले सञ्चारमाध्यमले बाहिर ल्याउँछ, न्यायलयबाट गरिएका कारबाही त्यहीँ रुपमा नआउँदा कारबाही के भयो भन्ने बिषय गौण रहने गरेको बताईन ।

कार्यक्रममा इन्सेकका प्रदेशनं १ का प्रमुख सोमराज थापाले मानव अधिकार संरक्षण र सम्र्बद्धनमा थुपै्र चुनौती देखिएकाले सबै क्षेत्रले बनेका कानुन कार्यान्वयनमा सघाउ पु¥याउनु पर्ने बताए । इन्सेक उदयपुरले नेपाल मानव अधिकार बर्ष पुस्तक २०१९ मा समेटिने घटनाहरु बर्षमा दुई पटक सार्वजनिक गरी सरोकारवालाहरुको सुझाबका आधारमा अभिलेखलाई पुन लेखन गर्ने गरेको बताए ।

कार्यक्रममा अन्य सहभागिहरुले इन्सेकले प्रकाशन गर्ने बर्ष पुस्तक मानव अधिकारको क्षेत्रमा एउटा गतिलो दस्तावेज भएकाले यसमा अभिलेख हुने घटना यथार्थ परक हुनु पर्नेमा जोड दिए ।

(Visited 21 times, 1 visits today)
Loading comments...