शुक्रवार २८ मंसिर, २०७५ (Friday, 14th December 2018)
२८ मंसिर, २०७५ (14 December 2018)

एउटा दासको मूल्य १२ हजार डलर

एजेन्सी
4 weeks ago
17/11/2018

१. दास (स्लेभ) भन्ने शब्द पूर्वी युरोपको स्लेभोनिक जनताहरुको नामबाट लिइएको हो । ती जातिहरुलाई तत्कालीन शासकहरुले ‘स्लेभ’ वा दास बनाएर राख्ने गरेका थिए ।

२. अमेरिकामा सन् १८८५ सम्म प्रति दासको मूल्य तत्कालीन ४ सय डलर वा हालको १२ हजार डलरसम्म थियो ।

३. सन् १८३३ मा बेलायती साम्राज्य कायमै रहेका बेला दास व्यवस्था उन्मूलन भएको घोषणा पनि गरियो । तर वास्तविक रूपमा मानव तस्करी तथा घरेलु दास उन्मूलन त आधुनिक दास ऐन निर्माण गरेर सन् २०१५ मा मात्र खारेज गरिएको थियो ।

४. सन् १४५२ मा पोप निकोलास पाँचौंले पोर्चुगलका राजालाई प्यागन (आफूहरुको भन्दा फरक धर्म मान्ने) लाई दास बनाए राख्न अधिकार दिएका थिए ।

५. बेलायतमा त जब दासप्रथा उन्मूलन गरियो, ४६ हजार दास मालिकहरुलाई क्षतिपूर्ति पनि दिइयो । तर मुक्त गरिएका भनिएका ८ लाख दासहरुलाई केही पनि दिइएको थिएन ।

६. सन् १५२६ देखि १८६७ सम्म अफ्रिकाबाट अमेरिकामा १२.५ मिलियन दासहरु समुद्रको यात्रामार्फत ल्याइए तर त्यहाँसम्म पुग्दा १०.७ मिलियन मात्र बाँचेका थिए ।
७. दास र दासहरु भन्ने शब्द राजा जेम्सको बाइबलमा भेटिन्छ ।

८. शेक्सपियरको पालामा नै दासहरुको व्यापार फस्टाएको थियो । तर शेक्सपियरले दाससम्बन्धी शब्दहरु आफ्ना कृतिहरुमा १८० पटक मात्र उल्लेख गरेका छन् ।
९. राजा जेम्सको बाइबलमा ‘दास’ र ‘दासहरु’ भन्ने शब्द एक÷एकपटक मात्र उच्चारण गरिएको छ ।

१०. बधुँवादास र मानव तस्करीसँग सम्बन्धित ३० हजार दासहरु आज पनि छन् । इतिहासमा व्यक्त र औपचारिक रूपमा उल्लेख गरिएको यो संख्या पहिलोपटक हो ।

(Visited 17 times, 1 visits today)