एजेन्सी
3 months ago
0
म्याग्नाकार्टा, एक महावडापत्रलाई स्वतन्त्रताको वडापत्र मानिन्छ । यो वडापत्र सन् १२१७ मा प्रकाशित भएपछि यसलाई म्याग्नाकार्टा नामले पुकारिएको थियो ।
२. यो सुरुमा लेखिँदा ल्याटिन भाषामा लेखिएको थियो । ३ सय वर्षपछिसम्म पनि यो अंग्रेजी भाषामा अनुवादसम्म गरिएन ।
३. सन् १२१५ मा फ्रान्सेली भाषामा अनुवाद भएपछि यो नै अनुवादित पहिलो भाषा बनेको थियो । साथै, फ्रान्सेली भाषा भनेको त्यस बेलाका विश्वका गनिए मानिएका राजनेता र शासकहरुले बोल्ने भाषा थियो, जस्तो कि अहिले अंग्रेजी प्रचलनमा छ ।
४. आधुनिक अंग्रेजीमा रूपान्तरण गरेपछि हाल यो ४९२२ शब्दमा अटाएको छ । जब कि मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र मात्र १८३३ शब्दमा सीमित छ ।
५. मौलिक रूपमा म्याग्नाकार्टाको लेखन राजा जोहनले शर्तहरु उल्लंघन गरेको ठीक तीन महिनाअघि मात्र सकिएको थियो ।
६. यसलाई सन् १२२५ मा राजा हेनरी तृतीयका पालामा प्रकाशित गरिएको थियो ।
७. म्याग्नाकार्टा सुरुको ल्याटिन भाषामा लेखिँदा भेडाको छाला सुकाएर त्यसैमा लेखिएको थियो ।
८. यसको कपी गरिएको लिखत सन् २००७ मा आएर १० मिलियन डलरमा बिक्री गरिएको थियो ।
९. सन् १२१५ मा लेखिएकोे म्याग्नाकार्टाको मौलिक चारप्रति अझै पनि सुरक्षित छ ।
१०. म्याग्नाकार्टालाई शताब्दियौंपछिसम्म पनि स्वीकार गरिएन । नाटककार शेक्सपियरले त राजा जोहनको जीवन र जीवन पर्यन्त पनि म्याग्नाकार्टाको उल्लेखसम्म गरेनन् ।