आइतवार १ पौष, २०७५ (Sunday, 16th December 2018)
१ पौष, २०७५ (16 December 2018)

भैलो खेलेर सडक बत्ती

नवीन शिशिर
4 weeks ago
18/11/2018

बागलुङ । प्रायः तिहारमा खेलिने देउसी भैलीबाट संकलन भएको रकमले वनभोज गएर रमाईलोमा खर्च गर्ने चलन छ । तर, बागलुङको गल्कोट नगरपालिका–५ हरिचौरमा तिहारको अवसरमा खेलेको देउसीभैलोबाट संकलित रकमले सडक बत्ति जडान सुरु भएको छ ।

हरिचौरका युबाहरुको सक्रियतामा ‘उज्यालो हरिचौर’ अभियान अन्तर्गत पहिलो चरणमा सडक बत्ती जडानको काम सञ्चालन गरिएको हो । ‘सुन्दर बजार, उज्यालो बजार’ नाराका साथ सुरु भएको अभियानको पहिलो चरणमा गल्कोट नगरपालिका–५ को जेकुटे सम्म सडकमा बत्ति जडान गरिएको छ । हरिचौर बजार तथा बडा कार्यालयलाई उज्यालो बनाउन सोलार बत्ति र एलईडि बल्बको जडान गर्ने काम क्रमश सुर हुने अभियानका सदस्य ईलशन थापाले जनाकारी दिए ।

बजार क्षेत्रमा सुरक्षा ब्यबस्थालाई ब्यबस्थीत बनाउन सिसिटिभिको जडान गर्ने, हरिचौर बजार तथा तल्लो बजारमा बिद्युतबाट बल्ब जडान गर्ने काम सुरु भएको छ । पहिलो चरणमा विद्युतबाट सडकमा बत्ति जडान गरेको क्लवले दोस्रो चरणमा बजार सरसफाई र तेस्रो चरणमा सोलार बत्ति र सिसिटिभी जडान गर्ने बताइएको छ ।
सिसिटिभी र सोलार जडानको लागि आन्तरिक छलफल तथा अनुदान मागको लागि प्रयास भैरहेको सदस्य थापाको भनाई छ । बजारमा लाईट जडान गरि उज्यालो हुन थालेपछि स्थानीय हर्षित भएका छ ।

पहिलो अध्यारोमा हिडडुल गर्दा डर हुन्थ्यो स्थानीय भिम कुमारी शेरचनले भन्नुभयो सडक बत्ती जडान भए पछि जतिबेला पनि हिडडुल तथा बाहिर भित्र गर्न सजिलो भएको छ । उज्यालो हरिचौर अभियानमा देसीभैलोबाट करिब ४ लाख रुपैया संकलन भएको थियो ।

(Visited 6 times, 1 visits today)