शुक्रवार २८ मंसिर, २०७५ (Friday, 14th December 2018)
२८ मंसिर, २०७५ (14 December 2018)

देउवालाई देख्ने बित्तिकै नेवि संघकाे नारा : टिके प्रथा अन्त्य गर

महेश्वर गौतम
4 weeks ago
18/11/2018

 

काठमाडौ । नेपाली कांग्रेस केन्द्रिय कार्यालय टेकुमा आइतवार दिउसोको दृष्य फरक थियो । जारी केन्द्रिय समिती वैठकका लागि जब पार्टी सभापति शेर बहादुर देउवा पार्टी कार्यालयमा उपस्थित नेबीसंघ कार्यकर्ताले नारा लगाए ‘टिके प्रथा अन्त्य गर । निर्वाचन मार्फत प्रतिनिधी छानियोस्लगायत ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन समयमै गराउन गठित निर्देशक समितिको बैठकमा सहभागी हुन सभापति देउवा पुग्दा विद्यार्थीले नारा लगाएका थिए ।
आईतवार बस्ने पार्टीको केन्द्रियकार्य समिति बैठकमा नेविसंघको विद्यामान केन्द्रिय कार्यसमितिको विकल्पको रुपमा अर्को समिति बनाउने वा अहिलेकै समितिलाई महाधिवेशन गर्न म्याण्डेड दिने भन्नेमा विवाद छ ।

सभापति देउवा र कृष्ण सिटौला पक्ष यहि समितिलाई म्याण्डेड दिनुपर्छ भन्नेमा छन् भने बरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ समिति बनाउनुपर्ने माग राखेका छन् ।

(Visited 3 times, 1 visits today)