आइतवार १ पौष, २०७५ (Sunday, 16th December 2018)
१ पौष, २०७५ (16 December 2018)

संघीय शासन प्रणाली केही महत्वपूर्ण जानकारी (लोकसेवा टिप्स)

सागर पण्डित
4 weeks ago
19/11/2018

संघीय शासन प्रणाली केही महत्वपूर्ण जानकारी

 

  • राज्यशक्तिको प्रयोग दुई वा दुईभन्दा बढी तहबाट हुने प्रणाली,
  • सरकारका तहबीच सार्वभौमसत्ताको विभाजित प्रयोग हुने हुँदा स्वशासन र साझेदारी शासनको संयोजन हुने,
  • धेरैजसो संघीय मुलुकमा विधायिकी शक्ति प्रयोग दुई तहबाट हुने र राज्य वा प्रदेशकै मातहमा स्थानीय तह हुने व्यवस्था । नेपालमा छुट्टै खालको विशिष्ट संघीयता,
  • संघीयता भएका थोरै देशमा मात्रै विधायिकी शक्ति प्रयोग गर्ने गरी स्थानीय तहलाई अधिकार दिइएको पाइन्छ । नेपाल र ब्राजिल यसका उदाहरण हुन्,
  •  जम्मा २८ वटा मुलुक कुनै न कुनै हदसम्म संघीय शासन प्रणालीमा छन्,
  •  ठूलो क्षेत्रफल भएका र धेरै जनसंख्या भएका प्रायजसो प्रजातान्त्रिक देशमा संघीय शासन व्यवस्था,
  • संघीयता भएका धेरै मुलुक विविधता व्यवस्थापन र द्वन्द्व समाधानका लागि संघीयतामा गएको पाइन्छ ।

राज्यको संरचना

  • धारा ५६ : तीन तहको संरचना (संघ, प्रदेश र स्थानीय तह)
  • धारा ५७ :  तीनै तहको अधिकारको सूची
  •  एकल अधिकार :  अनुसूची ५, ६ र ८
  •  साझा अधिकार :  अनुसूची ७ र ९
  • तीनै तहको अधिकार प्रयोग संविधान र तत्तत् तहले बनाएको
    कानुनबमोजिम हुने,
  • धारा ५८ :  अवशिष्ट अधिकार संघमा रहने ।

प्रशासनिक संरचना स्वरूप

  • संघीय निजामती सेवा (धारा २८५, र अनुसूची ५ खण्ड १० )
  •  प्रदेश निजामती सेवा (अनसूची ६ को खण्ड ५
  •  स्थानीय सेवा अनूसूची ८ को खण्ड ५

 

दुई तहको लोकसेवा आयोग

लोकसेवा आयोग ( धारा २४२)
प्रदेश लोकसेवा आयोग ( धार २४४)

तीन तहवीचको अन्तरसम्वन्ध

  • तीन तहका बीच सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित सम्बन्ध (धारा २३२)
  •  नेपाल सरकारले प्रदेश मन्त्रिपरिषद्लाई र स्थानीय कार्यपालिकालाई संविधान र संघीय कानुनबमोजिम आवश्यक निर्देशन दिन सक्ने (धारा २३२) (२) र(८)
  •  संघ, प्रदेश र स्थानीय तहबीच समन्वय कायम गर्न संघीय संसद्ले आवश्यक कानुन बनाउन सक्ने ।

निजामती सेवाका विकृति

निजामती सेवा सरकारी स्थायी सेवा हो, जसमा पेसाविद्हरूलाई स्वतन्त्र निकायबाट योग्यता प्रणालीका आधारमा छनोट गरिन्छ ।
वास्तवमा निजामती सेवाको समग्र प्रक्रियालाई हामीले सार्वजनिक कर्मचारी प्रशासन वा सार्वजनिक मानवस्रोत व्यवस्थापन भन्न सक्छौं । त्यसैले यसमा रहेका विकृतिको पहिचानका लागि प्रत्येक तहमा रहेका विकृतिको अध्ययन गर्दा सिलसिलेबार हुन जान्छ ।

संगठन संरचना निर्माणका क्रममा गरिने संगठन तथा व्यवस्थापन सर्वेक्षणमा रहेका विकृति

व्यक्तिलाई हेरेर संगठन बनाउने, लहडका भरमा संगठन बनाउने, संगठन बनाउन उद्वेलित हुने तर खारेज गर्न आँट नगर्ने, दम्भमा रमाउने

जनशक्ति योजनाको चरणमा रहेका विकृति

यथार्थ जनशक्ति योजना हुने नगरेको, प्राथमिकतामा नपरेको, कसैले पनि जिम्मा नलिएको विषय
सेवा समूह उपसमूह निर्माणमा रहेका विकृति
बलियाबांगाले आफ्नो बलबुताले ढोका थुन्दै लगेको । निरीहहरू त्यतिकै रहेको । कम्प्युटर अधिकृतहरू विविध सेवामा रहेको । कूटनीतिकका लागि छट्टै सेवा रहेको
भर्ना तथा छनोट चरणमा रहेका विकृति
भर्नाका लागि सिट लुकाउने, भएका सिट नमाग्ने, परीक्षा प्रणालीमा रहेका समस्या, समावेशीकरणले ल्याएका समस्या

नियुक्ति र पदस्थापनको चरणमा रहेका विकृति

अधिकृतमाथिको पदस्थापना नेपाल सरकारले तर सोभन्दा मुनिको लोकसेवा आयोगले गर्ने गरेको, योग्यता प्रणालीमा आधारित भएर पदस्थापना हुने नगरेको, पदस्थापनाका बखत पर्याप्त सिट नदेखाउने,

सरुवामा रहेका विकृति

सरुवा अनुमानयोग्य नभएको, सबैभन्दा बढी विकृति विसंगति भएको क्षेत्र, डाँफे, गैंडा आदि नामले बदनाम भएको,

तालिम तथा क्षमता विकासमा रहेका विकृति

तालिम आवश्यकता मूल्यांकन गरी तालिम दिनुपर्नेमा वैदेशिक तालिम भाग पु¥याउन वा नजिककालाई मात्र दिने गरेको, क्षमता विकासमा खासै ध्यान दिन नसकेको, स्वदेशी तालिमहरू कर्मकाण्डी भएको ।
पुरस्कार र दण्ड सजायमा रहेका विकृति कार्यसम्पादन मापनयोग्य नभएका कारण बिना कुनै आधार र कारण पुरस्कार घोषणा हुने गरेको कारण उत्प्रेरणा जगाउनुपर्नेमा मनोबल गिराउने काम हुने गरेको ।

दण्ड सजायका घटना विरलै पाइने गरेको । बढुवामा रहेका विकृति

व्यक्तिलाई हेरेर बढुवाका प्रावधान पटक पटक संशोधन हुँदै आएको । अनुमानयोग्य बनाउन नसकिएको । सबै समूहमा एकरूपता तथा एकसमानता नरहेको ।

अनुशासन तथा आचरणगत विकृति

विश्वको निजामती सेवालाई लाग्दै गरेको आरोप नेपालको निजामती सेवालाई पनि लाग्ने गरेको । अकर्मण्यता, अल्छी, कामचोर, घुसखोरी, अनैतिक, अनुशासनहीन, संस्कारहीन, सुस्त जस्ता विकृति रहेका ।

 

पृष्ठ संयोजन : सागर पण्डित

(Visited 10 times, 1 visits today)