आइतवार १ पौष, २०७५ (Sunday, 16th December 2018)
१ पौष, २०७५ (16 December 2018)

गायिका बुनुले ल्याइन् दामीदामी भिडियो

राजधानी समाचारदाता
4 weeks ago
19/11/2018

 

 

काठमाडौं  ।  गायिका बुनु उप्रेती शर्माले आफ्नो नयाँ गीत ‘दामीदामीदामी…’ को भिडियो रिलिज गरेकी छन् । उनले युट्युबबाट यो गीत रिलिज गरेकी हुन् ।

आधा दशकदेखि गायनमा सक्रिय बुनुले करिब तीन दर्जन आधुनिक, लोकदोहारी, राष्ट्रिय भावको तथा पप गीत गाइसकेकी छन् । यसैक्रममा उनले नृत्यप्रधान रोमाञ्चकारी शैलीको यो नयाँ गीतको भिडियो रिलिज

गरेकी हुन् ।

गालामा डन्डीफोर आएकी युवतीलाई वैंश चढ्यो भन्दै उनलाई हेर्ने पुरुषहरूको शैलीमाथि यो गीत केन्द्रित रहेको बुनुले बताइन् । गीतमा ¥यापर गायकका रूपमा बाबुल गिरी छिन् ।

गीतको रचना दिनेश सुवेदीले गरेका हुन् । यसको संगीतकार पनि गिरी नै हुन् । यो गीतको भिडियोमा पनि बुनुले गायिकाका रूपमा र बाबुलले ¥यापरका रूपमा मोडलिङ गरेका छन् ।

विलक्षण क्रिएसनले निर्माण गरेको उनको गीतको भिडियोको छायांकन राजु केसीले गरेका हुन् । जसमा प्रदीप कँडेलको सम्पादन रहेको छ ।

(Visited 3 times, 1 visits today)