शुक्रवार २८ मंसिर, २०७५ (Friday, 14th December 2018)
२८ मंसिर, २०७५ (14 December 2018)

सीएनएनका पत्रकार अकोस्टाको प्रेस पास ह्वाइट हाउसबाट फिर्ता

एजेन्सी
3 weeks ago
20/11/2018

वासिंगटन । अमेरिकी राष्ट्रपति कार्यालय व्हाइट हाउसले सीएनएनका पत्रकार जिम अकोस्टाको प्रेस पास फिर्ता गरेको छ ।

यसलगत्तै सीएनएनले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध हालेको मुद्दा फिर्ता लिएको छ । सीएनएनले एक ट्विट गर्दै भनेको छ, ‘व्हाइट हाउसले जिम अकोस्टाको प्रेस पास फिर्ता गरेको छ । परिणामस्वरुप हाम्रो मुद्दाको आवश्यकता परेन ।’

व्हाइट हाउसकी प्रेस सचिव सारा स्यान्डर्सले जारी गरेको वक्तव्यमा सोमबार अकोस्टासँग कुराकानी गरेर उनको प्रेस पास फिर्ता गरेको उल्लेख गरेकी छन् । उद्यपि उनको प्रेस पास राष्ट्रपतिको पत्रकार सम्मेलनमा नियम पालना गर्ने शर्तमा फिर्ता गरिएको बताइएको छ ।

शुक्रबारमात्रै सीएनएनको आग्रह स्वीकार गर्दैै व्हाइट हाउसलाई उनको संवैधानिक अधिकारको उल्लंघन भएको भन्दै अकोस्टाको प्रेस पास फिर्ता गर्न आदेश दिएको थियो ।

अमेरिकाका विभिन्न सञ्चारमाध्यमले पनि यो मुद्दाको समर्थन गरेका थिए । उनीहरुले अकोस्टाको प्रेस पास रद्द गर्नुले स्वतन्त्र प्रेसको संवैधानिक ग्यारेन्टीको उल्लंघन भएको उल्लंघन भएको बताएका थिए ।

ह्वाइट हाउसले अकोस्टाको परिचयपत्र पुनः कार्यान्वयन हुने भन्दै भविष्यमा हुने पत्रकार सम्मेलनका लागि केही नियम पनि बनाइएको जानकारी दिएको छ ।

जसमा एक जना पत्रकारले व्हाइट हाउसमा आयोजना हुने पत्रकार सम्मेलनमा एउटा मात्र प्रश्न सोध्न पाउनेछन् । थप प्रश्न सोध्नु परेमा राष्ट्रपति वा कार्यालयका कर्मचारीको स्वीकृति लिनु पर्नेछ ।

(Visited 3 times, 1 visits today)