शुक्रवार २८ मंसिर, २०७५ (Friday, 14th December 2018)
२८ मंसिर, २०७५ (14 December 2018)

सत्तामा पुग्न ट्रम्पले हिलारीविरुद्ध जे प्रयोग गरे उनकी छोरीले त्यही गरिन् !

एजेन्सी
3 weeks ago
20/11/2018

वासिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी तथा व्हाइट हाउसकी प्रमुख सल्लाहकार इभान्का ट्रम्पले गत वर्ष सरकारी कामकाजका लागि व्यक्तिगत इमेलको प्रयोग गरेको खुलेको छ ।

उनले सरकारी कामका लागि सयौं इमेल व्यक्तिगत इमेलबाट पठाएकी थिइन् । वासिंगटन पोस्टका अनुसार यी इमेल व्हाइट हाउसका सहयोगी, मन्त्रिपरिषदका सदस्य र इभान्का ट्रम्पकै सहायकलाई पठाइएको थियो । केही इमेल सार्वजनिक रेकर्टको नियम उल्लंघन गर्दै पठाइएको थियो ।

सन् २०१६ मा भएको राष्ट्रपतिको निर्वाचनमा डोनाल्ड ट्रम्पले नै आफ्ना प्रतिद्वन्द्वी हिलारी क्लिन्टनमाथि यसै विषयमा नराम्रोसँग आलोचना गरेका थिए ।

हिलारी विदेशमन्त्री भएको समयमा व्यक्तिगत इमेलबाट सरकारी कामकाजका इमेल पठाएको विषयमा लामो छानविन नै चलेको थियो ।

जसलाई ट्रम्पले प्रमुख चुनावी मुद्दा बनाउँदै हिलारीमाथि थप छानविन हुनुपर्ने बताउने गरेका थिए । तर उनकै कार्याकालमा उनकै छोरीले पुनः यस्तै कमजोरी गरेको पाइएको हो ।

ट्रम्पले त्यसबेला हिलारीलाई जेल हाल्नुपर्ने सम्मका अभिव्यक्ति दिएका थिए । इभान्काका वकिल अबे लावेलका प्रवक्ता पिटर मिरजानियनले सरकार परिवर्तनका समयमा उनले निजी इमेल प्रयोग गरेको उल्लेख गरेका छन् ।

यद्यपि उनले ति इमेलमा कुनै गोप्य जानकारी नपठाइएको पनि दाबी गरेका छन् । उनले कुनै इमेल नहटाएको र कानुनअनुसार अभिलेख राखेको बताएका छन् ।

(Visited 3 times, 1 visits today)