बुधवार ८ जेठ, २०७६ (Wednesday, 22nd May 2019)
८ जेठ, २०७६ (22 May 2019)

बलात्कारका आरोपितहरु तीन वर्षपछि पक्राउ

राजधानी संवाददाता
6 months ago
20/11/2018

राजविराज । बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई आरोपितलाई साढे तीन वर्षपछि पक्राउ गरेको छ ।

प्रहरीले राजविराज नगरपालिका–४ का शम्भु साह र राजविराज–८ का नवीन दत्तलाई पक्राउ गरेको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए ।

प्रहरी उपरीक्षक विष्टका अनुसार उच्च अदालत जनकपुर राजविराज इजलासले १५ कात्तिक २०७५ मा कारागारमा ‘थुनामा राखी पुर्पक्ष गर्नू’ भन्ने आदेश दिएबमोजिम आरोपितहरुलाई पक्राउ गरिएको हो ।

राजविराज–८ स्थित भुपेन्द्र यादवको घरमा डेरा गरी बस्ने अमरकुमार यादवको कोठामा १३ चैत २०७१ सालमा सामूहिक बलात्कार गरेको आरोपमा आरोपितहरुसहित सात जनाविरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालयमा १३ चैत २०७१ मा दिएको उजुरी २४ चैत २०७१ मा दर्ता भएको थियो ।

आरोपितमध्ये जितेन्द्र र दीपकलाई प्रहरीले २५ चैत २०७१ मै गिरफ्तार गरेकोमा जिल्ला अदालतको आदेशमा तेरहौता गाविस–३ का २५ वर्षीय जितेन्द्र मण्डल खंग २४ वैशाख २०७२ देखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए भने सुनसरी जिल्ला सतेरझोरा गाविस–२ का १८ वर्षीय दीपक खेरवार यादव सोही दिन साधारण तारेखमा रिहा भएका थिए ।

आरोपितहरुमध्ये शम्भु, नवीनसहित मलेठ गाविस–७ का २१ वर्षीय फुदिन खान, राजविराज नपा–५ का २५ वर्षीय कमलकिशोर साह, नर्घो गाविस–९ का २० वर्षीय दिपेशकुमार यादवलाई सोही दिन अदालतले वारेन्ट पुर्जी जारी गरेको थियो ।

आरोपितमध्ये जिल्ला अदालतलको इजलासले जितेन्द्र, कमल, दीपकलाई २४ जेठ २०७३ का अभियोग दाबीबाट सफाइ दिएको थियो भने शम्भु, नवीन, फुदिन र दिपेशको हकमा मुद्दा मुल्तबी राखिदिने ठहरी अंश रोक्काको फैसला भएको थियो ।

जिल्ला अदालतमा ८ पुस २०७३ मा हाजिर भएका शम्भु र नवीन तथा ५ वैशाख २०७४ मा हाजिर भएका फुदिनलाई हाजिर भएकै मितिमा जिल्ला अदालतले जनही ४० हजार धरौटी राखी तारेखमा रिहा गरेको थियो ।

जिल्ला अदालतको सो आदेश बेरीतको भएको भन्दै बदर गरी थुनामा राखी कारबाही गर्न माग गर्दै जिल्ला न्यायाधिवक्ताको कार्यालयले ५ असार २०७५ मा निवेदन दिएकोमा उच्च अदालतले गत १५ कात्तिकका दिन पुर्पक्षका लागि थुनामा राखी कारबाही गर्ने आदेश गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

(Visited 9 times, 1 visits today)
Loading comments...