राजधानी समाचारदाता
3 months ago
0
युएइ । युएइका नेपालीले चलाएको सामाजिक सन्जाल नेपाली इन युएइ फेशबुक पेजको सकृयतामा काठमाडौंका सडकमा भेटिएका अनाथलाई सहयोग गरिएको छ । पेजको एड्मिन ग्रुपको आह्बानमा जाडोमा न्यानो अभियान चलाईएको थियो ।
सोही अभियान अन्तर्गत सन्कालीत रकम बाट काठमाण्डौंको जाडोमा कठयाँग्रिएका बालबालिका बृद र अनाथलाई ५० थान ज्याकेट र २६ थान न्यानो टोपी हस्तान्तरण गरिएको अभियानका संयोजक महेश थापाले जानकारी दिए । ग्रुपले राजधानीका बिभिन्न स्थान ठमेल बसन्तपुर्,राम्घाट ,मखन्, बिष्णुमती ,ज्याठा ,भेदसिंह, वीर हस्पिटल लगाएत ठाउँका सडक बालबलिका अनाथलाई समेटिएको थापाले बताए ।
सामाजिक सन्जाल फकेबूक मार्फत युएइका कारीब आधा लाख नेपालीको चौतारिको रुपमा रहेको फकेबूक ग्रुपले आयोजना गरेको सहयोग संकलनमा युएइका सहयोगी मनहरुले अनुदान सहयोग गर्नु भएको थियो । ग्रुपले सहयोगी महानुभाबलाई धन्यबाद दिनुका साथै आगामी दिनमा समेत एस्ता कार्यक्रम लिएर आउने बताएको छ । युएइका नेपालीको अग्रसरतामा भएको सहयोग वितरण गर्न प्रदीप थापा, नबिन बन्जरा,दिल निवास सेख षैलेश भुजु ,रमेश घिमिरे ,बि एन साप्कोटा,महेश बन्जरा,दिल सुनार ,सुबाश सापकोटा लगाएतका उपस्थिती थियो