बुधवार ४ भाद्र, २०७६ (Wednesday, 21st August 2019)
४ भाद्र, २०७६ (21 August 2019)

भ्रमणमा चिरीबाबुको कीर्तिमानी, विद्यासुन्दर पनि पछिपछि

सागर पण्डित
9 months ago
22/11/2018

काठमाडौं ।  ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन सबैभन्दा धेरै विदेश जानेमा परेका छन् । महर्जन सोमबार राति मात्रै साताव्यापी भ्रमणको समय मिलाएर भियतनाम उडेका छन् । केही समयअघि मात्रै उनी मंगोलिया पुगेर फर्केका थिए । यो सहित महर्जनको ११औं विदेश भ्रमण हो । उनी प्रमुखका रूपमा निर्वाचित भएको एक वर्षभित्रै ११ पटक विदेश भ्रमण गरेर कीर्तिमान कायम गरेका छन् ।
विदेश भ्रमणसम्बन्धी निर्देशिकाअनुसार जनप्रतिनिधिले विदेश जानुअघि मन्त्रिपरिषद्बाट अनिवार्य रूपमा स्वीकृति लिनुपर्छ । तर, उनी स्वीकृति नलिई विदेश गएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।
यसैगरी, दोस्रो नम्बरमा काठमाडौंका प्रमुख विद्यासुन्दर शाक्य छन् । उनी एक वर्षमा ६ पटक विदेश भ्रमणमा गएका छन् । काठमाडौं महानगरपालिकाका अनुसार उनी पछिल्लोपटक चीनको साताव्यापी भ्रमण सकेर शनिबार मात्रै स्वदेश फर्किएका छन् । यसअघि उनी अमेरिका गएका थिए । महानगर स्रोतका अनुसार शाक्य फेरि छिट्टै विदेश जाने तयारीमा छन् । शाक्यले पनि चीन जाँदा मन्त्रिपरिषद्बाट स्वीकृत नलिएको स्रोतले जानकारी दिएको छ ।

(Visited 16 times, 1 visits today)
Loading comments...