बुधवार ४ भाद्र, २०७६ (Wednesday, 21st August 2019)
४ भाद्र, २०७६ (21 August 2019)

‘कम्युनिस्टहरूबाट लोकतन्त्र खतरामा’

राजधानी समाचारदाता
9 months ago
22/11/2018

 

 

काठमाडौं ।   प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्टहरूबाट लोकतन्त्र खतरामा रहेको दाबी गरेका छन् । बुधबार राजधानीमा नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसनको २९औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै देउवाले नेपालका कम्युनिस्टहरूबाट लोकतन्त्र खतरामा रहेको भन्दै लोकतन्त्र जोगाउन तयार रहन कार्यकर्ताहरूलाई निर्देशनसमेत दिए ।

‘कम्युनिस्टहरूबाट लोकतन्त्रमाथि खतरा छ, चुनौती जतिबेला पनि आउन सक्छ, खतराबाट जोगाउन सबै एक भएर बसौं,’ देउवाले भने । आफ्नै दलको नेतृत्वमा पञ्चायतलाई ढालिएको, राजालाई हटाइएको र प्रजातन्त्र स्थापना गरिएकाले कांग्रेससँग लोकतन्त्रको रक्षाका लागि जस्तोसुकै शक्तिसँग पनि लड्न सक्ने क्षमता रहेको जनाए ।

लोकतन्त्रको रक्षाका लागि न्यायालय, प्रशासनिक संयन्त्र, नेपाल प्रहरी र नेपाली सेनालाई पनि कटिबद्ध हुन उनले आग्रह गरेका हुन् ।

 

(Visited 9 times, 1 visits today)
Loading comments...