बुधवार ४ भाद्र, २०७६ (Wednesday, 21st August 2019)
४ भाद्र, २०७६ (21 August 2019)

‘गणतन्त्र टिकाउने कि नटिकाउने भन्नेमा शंका’

राजधानी समाचारदाता
9 months ago
22/11/2018

 

काठमाडौं। कांग्रेस उपसभापति विमलेन्द्र निधिले वर्तमान कम्युनिस्ट सरकार गणतन्त्र टिकाउने पक्षमा छ कि छैन भन्नेमा शंका उब्जन थालेको बताएका छन् । बुधबार बानेश्वरस्थित आफ्नै निवासमा सञ्चारकर्मीहरूसँगै कुरा गर्दै उनले सरकारले पूर्वराजालाई भारतको गणतन्त्र दिवसका दिन प्रमुख अतिथि बनाएर पठाउन लागेको भन्ने सूचनाले सरकारप्रति शंका उब्जिएको जनाए । ‘बिदाइ भइसकेको राजालाई सरकारले भारतको गणतन्त्र दिवसमा प्रमुख अतिथि बनाउन सिफारिस गरेको कुरा आएको छ, यसले सरकार गणतन्त्र टिकाउने पक्षमा छ कि छैन भन्ने शंका उब्जाएको छ, सरकारले सो विषयमा प्रस्ट पार्नुपर्छ,’ कांग्रेस उपसभापति निधिले भने ।

उनले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ प्रदेश २ को जनकपुरमा रेलको उद्घाटन गर्न आउने विषयमा समेत असहमति जनाएका छन् । निधिले रेलको उद्घाटन दुई देशको केन्द्रीय तहबाट हुनुपर्ने भन्दै सरकारको कूटनीतिक पहलमा कमी भएकाले यस्ता कुरामा सरकारले ध्यान पु¥याउनुपर्ने जनाएका हुन् ।

‘भारतका मुख्यमन्त्री नेपालमा रेलको उद्घाटन गर्न आउनु नेपालमाथिको डिग्रेड हो, यसले देशको कूटनीतिक छविलाई होच्याउने काम गर्छ,’ निधिले भने, ‘सरकारले यस विषयमा समेत प्रस्ट पार्नुपर्छ ।’

उनले भारत र नेपालका प्रधानमन्त्री, सम्भव नभए दुई देशका विदेशमन्त्री वा अन्य कुनै केन्द्रीय तहका मन्त्रीबाट रेल उद्घाटन गर्नुपर्नेमा समेत जोड दिए । निधिले प्रदेश २ को सरकार मधेसवादी दलको नेतृत्वमा रहेको भए पनि केन्द्र सरकारको पिछलग्गु भएर मधेसी जनताका पक्षमा उभिन नसकेको समेत जनाए । ‘प्रदेश २ मा मधेसवादी दलको नेतृत्वमा सरकार छ तर सरकार केन्द्र सरकारकै पुच्छरजस्तो भएको छ, यसले मधेसवादी दल पनि संघीयता र गणतन्त्रको पक्षमा छ कि छैन भन्ने गम्भीर प्रश्न उठाएको छ,’ निधिले भने ।

(Visited 15 times, 1 visits today)
Loading comments...