बुधवार ४ भाद्र, २०७६ (Wednesday, 21st August 2019)
४ भाद्र, २०७६ (21 August 2019)

समितिको समय सकिएपछि संयोजक

राजधानी समाचारदाता
9 months ago
22/11/2018

 

बुटवल ।  प्रदेश ५ को स्थायी राजधानी र नामकारणका लागि सुझाव संकलन गर्ने विशेष समितिको म्याद सकिएपछि बल्ल संयोजक चयन गरिएको छ । राजधानी र नामकरण गर्ने समितिको म्याद २३ कात्तिकसम्म रहे पनि मंगलबारको समितिको बैठकले चार महिनापछि संयोजक चयन गरेको हो ।

नेकपाका रोल्पाबाट निर्वाचित सांसद जितेन्द्रकुमार पुनलाई संयोजक बनाइएको छ । भेगीय स्वार्थका कारण तानातानमा रहेको प्रदेश ५ को स्थायी राजधानी र नामकरण टुंग्याउने समितिले ढिलो गरी संयोजक तोकेको हो । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेश ५ को अस्थायी राजधानी बुटवल तोकेको थियो ।

निर्धारित तीन महिनामा समितिका दुईवटा मात्र बैठक बसेका थिए । म्याद सकिएपछि बसेको बैठकले संयोजक तय गरेको छ । समितिले कार्यविधिउपर राय सुझाव राखेपछि कार्यविधिलाई अन्तिम रूप दिने तयारीमा रहेको बताइएको छ । समिति गत २४ साउनमा प्रदेशसभाको दोस्रो अधिवेशनको अन्तिम दिन गठन गरिएको थियो ।

(Visited 8 times, 1 visits today)
Loading comments...