बुधवार ४ भाद्र, २०७६ (Wednesday, 21st August 2019)
४ भाद्र, २०७६ (21 August 2019)

मैथिली महाकवि विद्यापतिको स्मृति दिवस

राजधानी समाचारदाता
9 months ago
22/11/2018

 

जनकपुरधाम  ।  मैथिली भाषाका महाकवि विद्यापतिको चार दिवसीय स्मृति दिवस बुधबारबाट जनकपुरमा सुरु भएको छ । सो कार्यक्रमको उद्घाटन गर्दै प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले विद्यापतिका साहित्यले मिथिलाको विकासमा महŒवपूर्ण योगदान गरेको चर्चा गरे । मैथिली साहित्यका महाकवि विद्यापतिले मैथिली साहित्यलाई आफ्नो कालखण्डमा धेरैमाथि पु¥याएको पनि उनले बताए । प्रदेश प्रमुख कायस्थले विद्यापतिको कृतिका बारेमा पनि चर्चा गरे ।

भक्ति रस र श्रृंगार रसका अमर लेखकका कृति अहिले पनि त्यत्तिकै सशक्त भएको मैथिली साहित्यका वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलले जिकिर गरे ।

विद्यापति आयोजक समितिका संयोजक चन्द्रमोहन चौधरीले विद्यापतिको लेखनसँगै उनको योगदानबारे कार्यक्रममा चर्चा गरे । उनको अध्यक्षतामा चार दिवसीय स्मृति कार्यक्रम सुरु भएको हो ।

यी महाकविको स्मृति दिवसका अवसरमा जनकपुरधामको विद्यापति चोकमा रहेको विद्यापति स्मारकलाई सिँगारिएको छ ।

(Visited 16 times, 1 visits today)
Loading comments...