बुधवार ४ भाद्र, २०७६ (Wednesday, 21st August 2019)
४ भाद्र, २०७६ (21 August 2019)

प्लानिङ अन्तिम चारमा

राजधानी समाचारदाता
9 months ago
22/11/2018

 

 

 

दोलखा ।  भक्तपुरको प्लानिङ ब्वाइज दोलखामा जारी प्रथम प्रकाश स्मृति कप खुला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । चरिकोटमा बुधबार भएको अन्तिम क्वार्टरफाइनलमा प्लानिङ ब्वाइजले काभ्रे फुटबल संघलाई ३–२ को गोल अन्तरमा पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो ।

यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । यसअघि दोलखा जिल्ला फुटबल संघ, एपीएफ र दीपशिखा नैकाप काठमाडांैले आ–आफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएका थए । एपीएफले चितवन–११ लाई २–१ पराजित गरेको थियो । दीपशिखा नैकापले कुमारी फुटबल क्लब काठमाडांै क्लबलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्दा दोलखा जिल्ला फुटबल संघले सानो गौचरणलाई ४–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । प्रकाश दाहालको स्मृतिमा आयोजना गरिएको खेलमा विजेताले नगद २ लाख ५० हजार र उपविजेताले १ लाख २५ हजार पाउनेछन् । प्रतियोगितामा ११ टिमको सहभागिता छ ।

(Visited 20 times, 1 visits today)
Loading comments...