शुक्रवार २८ मंसिर, २०७५ (Friday, 14th December 2018)
२८ मंसिर, २०७५ (14 December 2018)

सामाचखेवाको रौनक उत्कर्षमा

राजधानी समाचारदाता
3 weeks ago
23/11/2018

 

राजविराज। तराईको प्रसिद्ध लोकपर्व सामाचखेवाको रौनक अहिले सप्तरी सदरमुकाम राजविराजका साथै जिल्लाको ग्रामीण भेगमा पनि उत्कर्षमा पुगेको छ ।

तराईमा खासगरी थारू र मधेसी समुदायका महिला र किशोरी सामाचखेवा लोकपर्व हर्षोलासका साथ मनाउँछन् । यस क्रममा जिल्लाको खडक नगरपालिका–६ स्थित चकवा जानकी नगरमा थारू महिला समाजले ‘थारू के पहिचान दियाऊ, थारूके संस्कृति जोगाऊ’ नारासहित सामाचखेवा महोत्सव २०७५ को आयोजना गरेको छ ।

बुधबार साँझदेखि सुरु भएको महोत्सव कात्तिक शुक्ल पूर्णिमाका दिनसम्म आआफ्ना दाजुभाइको सु–स्वास्थ्य, दीर्घायु एंव प्रगतिको कामना गर्र्दै मनाइने महोत्सव आयोजक समिति थारू महिला समाजकी संयोजक हरियरवती चौधरीले बताइन् ।

भाइबहिनीबीचको अमर प्रेमको प्रतीक मानिने सामाचखेवा पर्वको जर्गेना र प्रचार–प्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उनले बताइन् ।

त्यस अवसरमा सांसदले महोत्सवले सामाजिक एवं सांस्कृति महŒव झल्किने सामाचखेवा पर्वको संरक्षण गर्न टेवा पु¥याउने विश्वास व्यक्त गरे ।

महोत्सवमा सहभागी हुन आएकाले आ–आफ्ना रंगिन डालामा माटोले निर्मित आकर्षक एवं कलात्मक सामाचखेवाको मूर्ति राखी विभिन्न किसिमका लोकगीत गाएर टोलटोलबाट महिला र किशोरीहरू महोत्सवस्थल पुगेका थिए ।

सामाचखेवा भन्ने पात्रलाई समर्थन गर्दै चुगला भन्ने कुपात्रलाई व्यंग्यात्मक ढंगले गीतसंगीतका माध्यमले गाली गरिएको थियो भने दाजुभाइको प्रशंसा र आशिष दिने खालका गीत महिला र किशोरीले गाएका थिए ।

माटोको सामाचखेवा बनाएर टोलभर भ्रमण गरी मनाउँदा दाजुभाइ दीर्घायु हुने विश्वासका साथ सामाचखेवा पर्वलाई सालिन्दा विशेष कार्यक्रमको आयोजना गरी महोत्सवका रूपमा मनाउन थालिएको आयोजक समितिका संयोजक चौधरीले जानकारी दिइन् । पर्वको अन्तिम दिन पूर्णिमा तिथिमा चेलीबेटी बिदाइ गरे जस्तै माटोको भाँडाकुँडा बनाई दाल, चामल, तरकारी मिठाई इत्यादि राखी गोरुले जोतेको खेत वा नजिकको जलाशयमा सेलाउने प्रचलन छ ।

 

 

(Visited 3 times, 1 visits today)