शुक्रवार २८ मंसिर, २०७५ (Friday, 14th December 2018)
२८ मंसिर, २०७५ (14 December 2018)

तपाईलाई थाहा छ निल आर्मस्ट्रङका आश्चर्य

एजेन्सी
3 weeks ago
23/11/2018

निल आर्मस्ट्रङले चन्द्रमामा पहिलो पाइला टेक्ने बित्तिकै भनेका थिए– ‘चन्द्रमामा टेकेको यो सानो पाइला मानव जातिका लागि एक ठूलो कदम हुन सक्छ ।’

यति ठूलो आशा राख्ने उनी कसरी चन्द्रमामा पुगेका थिए । यसबारेका केही आश्चर्यहरु यहाँ उल्लेख गरिने छ : चन्द्रमामा जाँदा आर्मस्ट्रङले एउटा काठको टुक्रा लगेका थिए । यो काठको टुक्रा राइट ब्रदर्सको जहाजबाट लगिएको थियो । यो सन् १९०३ मा राइट ब्रदर्सद्वारा सफल उडानको गरिएको जहाजको थियो । यो काठ आर्मस्ट्रङ चन्द्रमामा पुग्नु भन्दा ६६ वर्ष अघिको थियो ।

आर्मस्ट्रङ त्यहाँ पुग्न असफल हुने बित्तिकै वाचन गर्नका लागि भनेर तात्कालिन राष्ट्रपति निक्सनले प्रेस रिलिज हातमा समाएर बसेका थिए । यसको सफलताको निश्चितता थिएन । त्यसैले यो प्रेस रिलिज दुर्घटनाहुने वित्तिकै बाचन गर्ने गरी दुखान्त भाषामा देखिएको थियो ।

चन्द्रमाको सतहमा आर्मस्टङले करिब एक दिन नै बिताए । यो निकै उत्सुकता र सफलताको चरम सन्तुष्टिको अवसर थियो । उनले २१ घण्टा ३६ मिनेटसम्म त्यहाँ बिताएका थिए ।

पृथ्वीमा झर्ने बित्तिकै उनीहरुलाई २१ दिनसम्म क्वारेन्टाइनमा राख्नु परेको थियो । यसको कारण अरु केही नभएर चन्द्रमाबाट आउँदा केही जिवाणु, विषाणु वा रोग आएको छ कि भनेर हो ।

चन्द्रमाको सतहमा रोग, कीरा वा अन्य विषाणु केही छ वा छैन भनेर केही पनि जानकारी थिएन । जाँचपडताल पछि पत्ता लाग्यो कि चन्द्रमामा त्यस्ता जीव र रोगहरु केही पनि थिएनन् ।

आर्मस्ट्रङले धेरै त्यस्ता रेकर्डहरु चन्द्रमाको सतहमा छाडेका थिए । ती रेकर्डहरु विभिन्न भाषामा राखिएका थिए । यी रेकर्डहरु त्यहाँ केही चल वस्तु वा जीवको उपस्थिति भएमा थाह पाउनका लागि राखिएका थिए । त्यहाँ मानिसका थुप्रै फोटोहरु पनि छोडिएका थिए ताकि यदि चन्द्रमामा मानिसहरु भए पृथ्वीका मानिसहरुको खोजी गरुन् ।

पृथ्वीमा फर्कदा उनले धुलोका कणहरु र चट्टानका टुक्राहरु लिएर आएका थिए । उनी पृथ्वीमा फर्कदा चन्द्रमालाई साक्षी राखेर ‘चन्द्रमाको ढुंगा र चन्द्रमाको धूलोको नमूना’ लिएर गएका छौं भनेका थिए ।

चन्द्रमामा उत्रँदा इन्धन सकिन केवल २५ सेकेण्ड मात्र बाकी थियो । यो आश्चर्यको विषय थियो कि मात्र २५ सेकेण्ड रहँदा उनी सतहमा उत्रिएका थिए । उत्रने ठाउँमा ठूलाठूला जुर ढुंगाा देखेपछि यसलाई छल्नका लागि केही समय चाहिएको थियो ।

यही स्थान मिलाउँदा समयाभावका कारण कसो दुर्घटना पनि निम्तिएको थियो । यो दुर्घटना भनेको चन्द्रमाको अवतरण रद्द गरी पृथ्वीमा फर्कनु पर्ने थियो ।

आर्मस्ट्रङले चन्द्रमामा उत्रँदा साँच्चै कुन शब्द प्रयोग गरेका थिए, त्यो विवादित नै छ । ‘चन्द्रमामा टेकेको यो सानो पाइला मानव जातिका लागि एक ठूलो कदम हुनसक्छ’ भन्ने भनाइ जहाँ पनि प्रचलनमा छ । अनि जसले पनि यसको उच्चारण गरेको पाइन्छ र आर्मस्ट्रङले भन्नु अघि प्रयोग गरिएको पनि पाइएको छ ।

चन्द्रमामा भएको अवतरण पूर्व योजनअनुसार ६०० मिलियन मानिसहरुले हेरेका थिए । त्यस दिन टेलिभिजन हेर्ने, रेडियो सुन्ने र पत्रपत्रिकाहरु पढ्नेको निकै भीड थियो । यसको कभरेज मेडियामा लामो समयसम्म भएको थियो । ५३ मिलियन परिवारले यो दृश्य प्रत्यक्ष हेरेका थिए ।

(Visited 88 times, 1 visits today)