शुक्रवार २८ मंसिर, २०७५ (Friday, 14th December 2018)
२८ मंसिर, २०७५ (14 December 2018)

जहाँ छन् ५ हजार डाइनोसरका खुट्टाका छाप

एजेन्सी
3 weeks ago
23/11/2018

आजभोलि डाइनोसरको कथा इतिहासको विषय बनेका छन् । तर डाइनोसर पृथ्वीमा थिए भन्ने कुरा विज्ञानले सिद्ध गरेको विषय हो । अजंगका शरीर भएका ती डाइनोसरका पछिसम्म रहेका र उड्ने पखेटा भएका प्रजाति ६५ मिलियन वर्षअघिसम्म यो पृथ्वीमा अस्तित्वमा थिए ।

सबैभन्दा सानो डाइनोसर कुखुरा जत्रो थियो । यो उड्दथ्यो र यसले कीरा खाने गर्दथ्यो । डाइनोसरहरु सबै महादेशहरुमा पाइन्थे ।

आजको अन्टार्कटिका महादेशमा पनि डाइनोसरहरु थिए । सबैभन्दा पुरानो इओराप्टर नामको डाइनोसर त आजभन्दा २२८ मिलियन वर्षअघिसम्म अस्तित्वमा थियो । यो मांसहारी थियो ।

 

अहिलेका आधुनिक फिल्महरुमा डाइनोसरको आवाज सुनाइन्छ, त्यो कतै र कहीं पनि रेकर्ड भएको होइन । बरु त्यो त कछुवाको आवाजलाई रेकर्ड गरेर ठूलो बनाइएको हो । सबैभन्दा सानो आकारमा पाइएको डाइनोसर १० सेन्टीमिटर अग्लो थियो । त्यो फिस्टो चराभन्दा पनि सानो थियो ।

यदि आजसम्मको इतिहासलाई २४ घण्टामा साँगु¥याउने हो भने जीवन बिहान चार बजे देखिन्छ, जमीनमा रहेका विरुवा विहानको दशबजे देखिन्छन्, डाइनोसरको लोप हुँदासम्म ११.४१ बजेको देखिन्छ र मानव इतिहास त ११.५८बजेपछि मात्र सुरु भएको पाइन्छ ।

बोलिभियामा अहिलेसम्म पनि ५ हजार डाइनोसरको खुट्टाको छाप भएको एउटा ठूलो ढुंगा अझैं पनि छ ।

यो ६८ मिलियन वर्ष पुरानो मानिएको छ । चराहरुलाई आज पनि डाइनोसरका एक प्रजातिका रुपमा लिइन्छ । डाइनोसर कस्ता रङका थिए, त्यो एकिन भएको छैन ।

(Visited 129 times, 1 visits today)