मंगलवार १२ चैत्र, २०७५ (Tuesday, 26th March 2019)
१२ चैत्र, २०७५ (26 March 2019)

कांग्रेस सांसदको प्रश्न : मधेशमा नायिका छैनन र रेखा थापा ल्याएको ?

सुजीतकुमार झा
4 months ago
29/11/2018

जनकपुरधाम । बेटी पढाउ, बेटी बचाउ अभियानमा प्रदेश २ का सरकारले नायिका रेखा थापालाई संलग्न गराएपछि नेपाली कांग्रेसका सांसदहरुले विरोध जनाएका छन् ।
प्रदेशसभाको शून्य समयमा बोल्दै कांग्रेस सांसद शिवचन्द्र चौधरीले बेटी पढाउ बेटी बचाउ अभियानमा नायिका थापालाई जोड्नु दुर्भाग्यपूर्ण भएको बताए । अभियान प्रदेशको हो कि मुख्यमन्त्री लालबाबु राउतको निजी अभियान हो ? प्रश्न गर्दै चौधरीले भने ‘अभियानमा मधेसमुलकी नायिकालाई सहभागी गराउनु पर्छ ।’ उनले प्रश्न गरे ‘के मधेशमा नायिका छैनन् र रेखा थापा ल्याएको ?’

बैठकमा काग्रेश सांसद नरेश यादवले पनि मधेसकै कलाकारहरुलाई सामेल गर्न आग्रह गरेका छन । कांग्रेसकी सांसद सरस्वती चौधरीले समेत नायिका थापालाई अभियानमा संलग्न गराउन नमिल्ने बताए । उनले भनिन ‘स्थानीय कलाकारको महत्वलाई सम्मान गर्नुपर्छ । मधेशको कुरो गरेर मत लिने अवसर दिनेवलामा जसलाई पनि राख्ने यो गलत हो’ उनले भनिन ।

बैठकमा राजपकी सांसद सुरिता साहले बेटी पढाउ बेटी बचाउ अभियानमा महिला संसदलाई समेत सामेल गराउन आग्रह गरेका छन । उनले भनिन ‘महिला सांसदले कलाकार भन्दा बढी प्रभावकारी कार्य गर्न सक्छन् ।’ नेकपाकी सांसद ज्वाला साहले भने प्रदेशमा उक्त अभियानको बजेटमा अनियमितता भइरहेको भन्दै सरकारलाई सचेत गराए । व्यक्तिभन्दा पनि कार्य कुन रुपमा बढी रहेको छ त्यसको जाँच हुनुपर्छ उनको भनाई थियो ।

(Visited 189 times, 1 visits today)
Loading comments...