शुक्रवार २८ मंसिर, २०७५ (Friday, 14th December 2018)
२८ मंसिर, २०७५ (14 December 2018)

पुग्नैपर्ने बाहुनथान

श्रीकृष्ण सिग्देल
2 weeks ago
01/12/2018

पुग्नैपर्ने बाहुनथान

श्रीकृष्ण सिग्देल

 

तपाईं पोखरा हु“दै स्याङ्जा, वालिङ वा बुटवल हु“दै वालिङ आउ“दै हुनुहुन्छ भने एकपटक यो ठाउ“चाहि“ हेर्न नछुटाउनु होला ?सिद्धार्थ राजमार्गअन्तर्गत वालिङ बजारनजिकै बाहुनथान घुम्न नभुल्नु होला । जहाँबाट वालिङ बजार, आँधीखोला, हिमशृंखलालगायत अवलोकन गर्न सकिन्छ । वालिङ सिद्धार्थ राजमार्ग शीतलनगरबाट करिब ३ किलोमिटर कच्ची सडकमार्फत बाहुनथान पुगिन्छ ।

यो ठाउ“ पुग्नेबित्तिकै स्वर्गाभास हुन्छ । जाडो मौसममा त झन् पारिलो घाम लाग्ने बाहुनथान मनमोहक दृश्यावलोकनका लागि उपयुक्त स्थान पनि हो ।

डाँडैडाँडा रहेको बाहुनथान वालिङको पर्यटकीय गन्तव्य हो । बिदाका दिन घुम्ने क्षेत्र नपाएर बाध्यता बोकेका वालिङवासीका लागि बाहुनथान आनन्दमय बनेको छ । बिदाका दिन वालिङलगायत आसपास क्षेत्रका आन्तरिक पर्यटक बाहुनथान पुगेर आनन्द लिएर फर्केने गर्छन्् ।

 

बढ्दै गरेको घनाबस्ती र बाहिरबाट रोजगारी होस् वा पठनपाठनका लागि तिनका परिवार बिदाका दिन घुम्ने ठाउ“ नहु“दा पाल्पा, पोखरा पुग्ने तिर्सना बाहुनथानले मेटाउन सक्ने अर्यालको दाबी छ

 

 

 

बाहुनथानमा हरेक शनिबार र सार्वजनिक बिदाका दिन पिकनिकदेखि भेटघाट र आनन्द लिनकै लागि पनि बाहुनथान पुग्ने गरिएको छ । वालिङलगायत आसपासका क्षेत्रबाट बाहुनथानमा जानेको संख्या दिनानुदिन बढ्दो छ । कच्ची सडक निर्माणस“गै यातायात सुविधा हुन थालेपछि बाहुनथान पुग्नैपर्ने मनस्थिति बनाएका व्याक्ति बढ्न थालेका छन्् । सडक असुविधाले गर्दा ओझेल परेको बाहुनथान सडक सुविधा पुगेपछि भने चम्कि“दै जान थालेको छ ।

बाहुनथान पुगेपछि कसै–कसैलाई फर्कनसमेत मनले नमान्ने गरेको स्थानीय हुमनाथ अर्याल बताउ“छन्् । पूर्वाधार विकास गर्न सके आन्तरिक मात्रै होइन, बाह्य पर्यटकको पनि आकर्षणको केन्द्र बन्न सक्ने उनको विश्वास छ ।

बढ्दै गरेको घनाबस्ती र बाहिरबाट रोजगारी होस् वा पठनपाठनका लागि तिनका परिवार बिदाका दिन घुम्ने ठाउँ नहु“दा पाल्पा, पोखरा पुग्ने तिर्सना बाहुनथानले मेटाउन सक्ने रहेको अर्यालको दाबी छ ।

 

कच्ची सडक निर्माणस“गै यातायात सुविधा हुन थालेपछि बाहुनथान पुग्नैपर्ने मनस्थिति बनाएका व्यक्ति बढ्न थालेका छन् । सडक असुविधाले गर्दा ओझेल परेको बाहुनथान सडक सुविधा पुगेपछि भने चम्कि“दै जान थालेको छ

 

 

 

आँखाअघि नै वालिङ र नागबेली आँधीखोला मनमोहक लाग्छ । बिहानी कुहिरो घुम्टो ओढेर बसेको वालिङलाई घामको स्पर्शस“गै जिस्क्याउने गर्दछ, बाहुनथान । यसलाई संरक्षण र प्रचारप्रसारमा ध्यान दिन सके वालिङको आर्थिक समृद्धिमा समेत टेवा पुग्ने बाहुनथान पुगेर आनन्द लिएका होमकान्त गौतमको अनुभव छ ।

यस्ता ठाउँ पहिचान गरी विभिन्न पार्क, स्मारकलगायत पर्यटकलाई लोभ्याउने सजावट निर्माण गर्न सकिए पोखरा र लुम्बिनीमा आउने पर्यटकको अर्को गन्तव्यस्थल हुन सक्ने गौतमको विश्वास छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण ठाउ“ अब स्थानीय सरकारले पनि चासो दिनुपर्नेमा गौतमको जोड छ । वालिङ नगरपालिकाले बाहुनथान विकासका लागि पतञ्जली योग पीठस“ग सहकार्य तयारी गरेको छ ।

‘वालिङमा बाहुनथान मात्रै होइन, धेरै रमणीय क्षेत्र छन््,’ प्रवक्ता काफ्लेले भने, ‘एतिहासिक धार्मिक तथा पर्यटकीयस्थल गह्रौसुर माझकोटमा रहेको बुढाकोट, सुन्तलाबारी होमस्टे, मन्साङ्कोट, पहेले, थामडाँडालगायत रमणीय ठाउ“ छन्् ।’

यस्ता ठाउ“ पूर्वाधारस“गै गुरुयोजना तयार पारेर गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्यका रूपमा नगरपालिका अघि बढ्न लागेको काफ्ले सुनाउ“छन् । ‘यो अत्यन्त सुन्दर ठाँउ हो, बाटो र पानी व्यवस्था भइसकेको छ,’ उनले भने, ‘त्यो मात्रै नभएर त्यस क्षेत्रको अझै विकास गरेर अघि बढ्न जरुरी छ ।’

काफ्लेका अनुसार बाहुनथानमा आन्तरिक र बाह्य पर्यटक भिœयाउन नगरपालिका र पतञ्जली योगपीठस“ग सहकार्य गरेर अघि बढ्ने निर्णय भएको छ ।

 

 

 

 

 

 

 

 

 

(Visited 924 times, 1 visits today)