शुक्रवार २८ मंसिर, २०७५ (Friday, 14th December 2018)
२८ मंसिर, २०७५ (14 December 2018)

लोभलाग्दो दामोदर

सुन्दरकुमार थकाली
2 weeks ago
01/12/2018

 

लोभलाग्दो दामोदर

सुन्दरकुमार थकाली

 

 

 

हिमाली जिल्ला मुस्ताङ । मोटरबाटोको सहजता । ‘पर्यटन वर्ष’ छेकमा २० लाख पर्यटक भिœयाउने सरकारी लक्ष्य । यही लक्ष्य समेटिएको जिल्लामध्ये पर्छ, मुस्ताङ । सरकारले सूचीकृत गरेको मुस्ताङ तेस्रो गन्तव्य हो– उपल्लो मुस्ताङमा अवस्थित दामोदरकुण्ड । भौगोलिक दृष्टिकोणले ज्यादै कठिन क्षेत्रका रूपमा दामोदरकुण्ड गन्तव्यलाई लिने गरिन्छ ।

समुद्री सतहदेखि ५ हजार ३० मिटर उचाइमा रहेको यस गन्तव्यसम्म पुग्न हप्तौं लाग्छ । निकै पुरानो र पौराणिक कथाको मान्यता पाएको दामोदरकुण्ड क्षेत्रलाई विष्णु भगवान्को निवास स्थानका रूपमा लिने गरिन्छ ।

विष्णु भगवान्लाई वृन्द्धाको श्राप लागेपछि निलतत्वका रूपमा यस क्षेत्रमा विलय भएको धार्मिक जनविश्वास छ । मनोरम प्राकृतिक भू–दृश्यले सुसज्जित दामोदरकुण्ड पहाडी भाग पुगेका पर्यटकको सम्पूर्ण थकान त्यही हराएर जान्छ ।

यहा“सम्मको गन्तव्य यात्राका लागि जोमसोमबाट चराङ गाउ“सम्मको यात्रा सवारीसाधनमार्फत पुग्न सकिन्छ । चराङबाट भने सडक सञ्जाल जोडिएको छैन ।

लोघेकर दामोदरकुण्ड गाउ“पालिकाले क्रमागत बजेटमार्फत सडक सञ्जाल योजना अघि बढाए पनि काम सुरु भएको छैन । सरकारले दामोदरकुण्डसम्मको सडक सञ्जाल विस्तार गरेको खण्डमा यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गाउ“पालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टको भनाइ छ ।

सरकारले पर्यटकीय गन्तव्य विकासमा चालू आर्थिक वर्षदेखि नै बजेट खर्चिने भएको छ । घोषित नया“ गन्तव्य प्रवद्र्धन गर्न सरकारले ५० करोड आर्थिक विनियोजन गरेको हो ।

घोषित बजेटअनुसार मुस्ताङका तीन पर्यटकीय गन्तव्यका लागि १ करोड ५० लाख भागमा परेको छ । मुक्तिनाथका लागि विकास समितिको आफ्नै सञ्चित कोष रहेकाले बढीभन्दा बढी रकम दामोदरकुण्डका लागि प्रयोग भए उपयुक्त हुने उपल्लो मुस्ताङवासीको भनाइ छ ।

जोमसोम नजिकैको इको म्युजियम भवन भूकम्पले थला परेको छ भने रक क्लाइम्बिङका लागि पूर्वाधार विकास, ३७ सय मिटर अग्लो उचाइमा अवस्थित जोमसोम भ्युटावरसम्मको सडकस्तरवृद्धि आवश्यक छ ।

सरकारले निजी क्षेत्र, स्थानीय सरकार तथा स्थानीय सहयोग र समन्वयमा सूचीकृत पर्यटकीय गन्तव्य घुम्न योग्यस्थलका रूपमा विकास गर्ने जनाएको छ । यसअघि, मुलुकभर पर्यटकीय गन्तव्यका लागि सूचीकृत ६ सय गन्तव्यमध्ये विभिन्न आधार तय गर्दै मुलुकभरमा सय गन्तव्य छनोट गरेको हो ।

‘नेपाल भ्रमण वर्ष ट्वान्टी–ट्वान्टी’ लक्षित ७७ वटै जिल्लामा पर्यटकीय गन्तव्यका रूपमा सूचीकृत गरिसकिएको छ । यही उद्देश्यसहित गन्तव्यका थप पूर्वाधार विकास योजनासमेत अघि बढाइएको हो ।

सरकारले घोषणा गरेको पर्यटकीय गन्तव्यमा हिमाली जिल्ला मुस्ताङ सदरमुकाम जोमसोमसहित प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ र उपल्लो मुस्ताङमा अवस्थित धार्मिकस्थल दामोदरकुण्ड क्षेत्र सूचीकृत गरिएका छन् ।

घोषित पर्यटकीय गन्तव्यमा विश्व सम्पदामा सूचीकृत लोमान्थाङ दरबार र पछिल्लो समय नेपालीको थप उत्साहको केन्द्र कोरला नाका छुटेका छन्् । तर, यहाँ पुग्ने पर्यटकलाई लोमान्थाङ र कोरला पुग्न भने सहज देखिएको छ ।

पर्यटकीय गन्तव्यअन्तर्गत मुक्तिनाथ क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकका लागि चर्चित छ । यसको थप प्रचारप्रसार आवश्यक नपर्ने देखिए पनि यहा“भित्रका भौतिक पूर्वाधार तथा व्यवस्थापन सुधारमा भने स्तरवृद्धि गर्न आवश्यक देखिन्छ ।

मुस्ताङमा भित्रिने ९० प्रतिशत पर्यटक मुक्तिनाथ लक्ष्य बनाएर आउने गरेको पाइन्छ । पछिल्लो समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणपछि यस क्षेत्रको महिमा विश्वमाझ लोकप्रिय भएको हो ।

पर्यटन मन्त्रालयले मुक्तिनाथ क्षेत्रको बृहत्तर विकासका लागि गुरुयोजना सार्वजनिक गरिसकेका छ । मुस्ताङ चिनाउने पहिलो आधार हो, पवित्र धार्मिक आस्थाको केन्द्र श्रीमुक्तिनाथ धाम ।

 

 

सरकारले घोषणा गरेको पर्यटकीय गन्तव्यमा हिमाली जिल्ला मुस्ताº सदरमुकाम जोमसोमसहित प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ र उपल्लो मुस्ताºमा अवस्थित धार्मिकस्थल दामोदरकुण्ड क्षेत्र सूचीकृत गरिएका छन्

 

 

यसलाई तिब्बतीयन भाषामा ‘छुमिङ ग्यात्सा’ अर्थात् ‘सय पानी वा यथेष्ठ पानी’ बुझिन्छ । पाप, धर्म तथा मानव जीवनका लागि प्राप्त मोक्ष हासिलका लागि श्रद्धालु मुक्तिनाथधाम आइरहने गर्छन् ।

समद्री सतहदेखि करिब ३ हजार ७१० मिटर उचाइमा अवस्थित मुक्तिनाथको क्षेत्रफल ५ हजार ३३३ रोपनी रहेको छ । मुक्तिनाथ मन्दिर परिसरभित्र हिन्दू तथा बौद्ध धर्म समेट्ने मठमन्दिर र गुम्बा छन्् ।

मुक्तिनाथमा मन्दिरसहित परिसरभित्र १०८ धारा, स्नानकुण्ड, मुक्तेश्वर महादेव मन्दिर, विष्णुपादुका, यज्ञशाला, सम्बा गुम्बा, नरसिंङ गुम्बा, बुद्ध प्रतिमा, माने र ज्वालामाई छन्् । परिसर चारैतिर सेतो रङको पर्खालले घेरिएको छ ।

सरकारले पर्यटन प्रवद्र्धन गर्न मुक्तिनाथ क्षेत्रलाई सूचीकृत गरे पनि प्रचारप्रसार आवश्यक थिएन । यो क्षेत्र विश्वमाझ यसअघि नै चर्चित धार्मिक केन्द्र हो ।

 

सरकारले यसका अलवा थासाङ क्षेत्रको नाउरिकोट, टिटी ताल, भुतर्छो ताल र लोमान्थाङ दरबारलाई सूचीकृत गर्न सकेको भए उपयुक्त ठहथ्र्यो । घरपझोङ गाउँपालिकाको जोमसोमलाई पर्यटकीय गन्तव्यका रूपमा सूचीकृत गरेको छ ।

जोमसोम क्षेत्र हवाई तथा धावनमार्ग हु“दै मुस्ताङ आउने पर्यटकका लागि संगमस्थल हो । यहाँ थुप्रै पर्यटकीय गन्तव्य छन््, जसको स्तरोन्नति र विकास भएको देखिन्न । कतिपय पर्यटकीय गन्तव्य प्रचारप्रसार अभावमा ओझेलमा  परेका छन्् । जोमसोम वरपरका पर्यटकीय गन्तव्यमध्ये पछिल्लो समय ढुम्बातालबाहेक अन्यमा पर्यटकको चासो देखिएको छैन ।

जोमसोमनजिक स्थानका जोमसोम भ्युटावर, जोमसोम गुम्बा, जोमसोम इको म्युजियम, कुछप तेरंगा गुम्बा, रक क्लाइमिङ पहाड, ऐतिहासिक ठिनी गाउ“, संसारकै अग्लो स्थानमा अवस्थित फरक कोरियाली आर्किटेक इन्जिनियरिङको उच्चत्तम प्रयोगमा निर्मित एफएम रेडियो भवन, जोमसोमको प्राचीन बस्ती तथा वास्तुकला, ढुंगैढुंगाले चक्रव्यूह निर्मित ‘रिदम अफ लाइफ’ र शालग्राम उद्यानलगायत दर्जन गन्तव्य छन्् ।

कालिगण्डकी नदीको तटीय क्षेत्र आसपास फैलिएको जोमसोमको सुन्दर बस्ती, मौलिक संस्कृति र जोमसोमबाट देखिने निलगिरि, धौलागिरि र मानापाथी हिमाल दृश्यावलोकनले पर्यटकको मन नबहलिने कुरै भएन ।

जोमसोम क्षेत्रमा भएका सम्पदा विकास र प्रवद्र्धनमा सरकारले योजनाबद्ध ढंगले कार्यक्रम अघि बढाए पर्यटन विकासमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।

 

 

 

 

(Visited 73 times, 1 visits today)