शुक्रवार २८ मंसिर, २०७५ (Friday, 14th December 2018)
२८ मंसिर, २०७५ (14 December 2018)

सिँगारिँदै जानकी मन्दिर

सुजितकुमार झा
2 weeks ago
01/12/2018

सिँगारिँदै जानकी मन्दिर

सुजितकुमार झा

 

ऐतिहासिक जानकी मन्दिर सिँगारि“दै छ, विवाह पञ्चमीको तयारीमा । मुलुककै प्रमुख मन्दिरमध्येको जानकीलाई सौन्दर्यीकरण गर्न प्रदेश २ सरकारले ८ करोड खर्च गर्ने योजना सार्वजनिक गरेको छ । गैरआवासीय नेपाली संघले विद्युतीकरणका लागि साढे ३ करोड लगानी गर्ने सम्झौता ग¥यो । पुरातŒव विभागले जानकी मन्दिर संरक्षणका लागि चालू आर्थिक वर्षमा १ करोड बजेट विनियोजन गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा सञ्चालित ‘मुख्यमन्त्री स्वच्छता अभियान’अन्तर्गत ८ करोड खर्चेर मन्दिर बाहिरी तथा भित्री परिसरमा आकर्षक टायल्स र सिंहमर्मर जडान, ढल निकास तथा विद्युतीकरण कार्य सुरु गरेका छन् ।
गैरआवासीय नेपाली संघ अध्यक्ष भवन भट्ट र जानकी मन्दिर व्यवस्थापनबाट उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवबीच गत ९ असारमा ‘लाइटिङ सिस्टम’ जडान समझौता भयो । त्यसअनुसार एनआरएनले ३ करोड ५० लाख खर्च गर्नेछ ।

मन्दिरका उत्तराधिकारी महन्थ दासका अनुसार मुख्यमन्त्री कार्यालयका प्राविधिकसँग भित्री प्रांगणमा सेतो टायल र बाहिरी प्रांगणमा रातो टायस जडान गर्ने सहमति भएको छ । यसअतिरिक्त मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत भित्र र बाहिर ढल निकास, परिसरवरिपरि वृक्षरोपण तथा आधुनिक विद्युतीकरणलगायतका काम सुरु गरिएको छ । पुरातŒव विभागको कार्ययोजना भने अझै बनिसकेको छैन ।

सन् २००८ देखि जानकी मन्दिरलाई विश्वसम्पदामा सूचीकृत गराउने अभियान पनि जारी छ । सुरुमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले थालेको अभियानलाई पछिल्लोपटक ‘भोर’ नामक गैरसरकारी संस्थाले निरन्तरता दिँदै छ ।
प्रदेश सरकार, एनआरएन तथा पुरातŒव विभागको गरी जानकी मन्दिरमा यस आर्थिक वर्षमा साढे १२ करोड खर्च हुने देखिन्छ । जनकपुरधाम उपमहानगरपालिकाले जानकी मन्दिरका अतिरिक्त वरिपरिका विवाहमण्डप, तेलहा–मडहा, अरगज्जा पोखरी आदिको संरक्षण तथा सौन्दर्यीकरणका लागि विभिन्न निकायसँग समन्वय गरिरहेको छ ।
आदर्श नारी सीताको जन्मस्थल र मर्यादापुरुषोत्तम रामको ससुराली जनकपुरधाम हिन्दू धर्मावलम्बीहरूको पहिलो गन्तव्य हो । हिन्दू, मुगल र मिथिला वास्तुकलाका अनुपम त्रिवेणी भनिएको जानकी मन्दिर नेपालकै गौरव हो । जानकी मन्दिरमा राम र सीताको मूर्ति छ । मन्दिरमा निष्ठापूर्वक पूजा गर्दा मनोवाञ्छित फल प्राप्त हुने जनविश्वास छ ।

 

सन् २००८  देखि जानकी मन्दिरलाई विश्वसम्पदामा सूचीकृत गराउने अभियान पनि जारी छ

 

 

भारतको जयपुरको लोहागढका साधु सुरकिशोर दासले जनकपुरधाम पत्ता लगाएका थिए । भनिन्छ, ‘उनलाई जानकीले नै स्वप्नमा यही मेरो जन्मभूमि रहेको’ बताएकी थिइन् । सुरुमा उनले नै सानो कुटी बनाएर पूजा प्रारम्भ गरे । त्यही बेलादेखि जनकपुरधाममा पूजा गर्न बाहिरबाट साधुसन्त आउन थाले ।
जानकी मन्दिरको वर्तमान स्वरूप टिकमगढकी महारानीले बनाएकी थिइन् । भाकल गर्दा पुत्र प्राप्त भए पनि वृषभानु कुमारीले ९ लाखको लागतमा मन्दिर बनाएको महन्थ रामतपेश्वर दास वैष्णव बताउँछन् । जानकी मन्दिर शिलान्यास सन् १८९४ र सन् १९११ मा मन्दिर निर्माण कार्य पूरा भएको थियो । सुरकिशोर दास वैष्णव जानकी मन्दिरका महन्थ थिए भने अचेल १४ पुस्ताका रामतपेश्वर दास वैष्णव महन्थ छन् । जानकी मन्दिर निर्माण भने ११औं पुस्ताका महन्थ रामकृष्ण दासको पालामा भएको जानकार बताउँछन् ।

मन्दिर मिथिलाञ्चलवासीका लागि सांस्कृतिक धरोहर पनि हो । मन्दिरको वार्षिक क्यालेन्डरअनुसार जन्मदेखि मृत्युसम्म प्रायः सम्पूर्ण क्रियाकलाप मिथिला विधिअनुरूप नै हुनेगर्छन् । राम जन्मको अवसरमा प्रत्येकक चैत्रमा रामनवमी, वैशाखमा जानकी नवमी, मंसिरमा रामजानकी विवाह महोत्सव, असोज पूणिर्मामा कोजाग्रत, साउन–भदौमा झुला, फागुनमा परिक्रमालगायत मनाइनु यसकै उदाहरण हुन् । जानकी मन्दिर ४ हजार ८६० वर्ग फिट क्षेत्रफलमा फैलिएको छ । जानकी मन्दिरलाई नेपालको सबैभन्दा ठूलो मन्दिर भनिन्छ ।

सेभ हिस्टोरिकल जनकपुर अध्यक्ष रामअशिष यादवले पशुपतिनाथपछि नेपालमा पर्यटकका लागि जानकी मन्दिर, गौतम बुद्धको जन्मस्थल र सगरमाथा रहेको छ । यो स्थलले नै संसारका पर्यटकलाई जनकपुर ल्याउन सकिने उनको विश्वास छ ।
भारत सरकारले पर्यटन विकासका लागि अहिले रामायण सर्किट योजना ल्याएको छ । यसअन्तर्गत त्रेतायुगमा जहाँजहाँ राम पुगेका थिए, त्यसको विकास गरिनेछ । यो हिसाबले जनकपुरधाम रामायण सर्किटसँग जोडिने कार्यक्रम चलिरहेको जानकारी नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले दिएका छन् । ल

 

(Visited 59 times, 1 visits today)